रेडियो मिसन ।
गैह्र सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको १८ औ साधारणसभा तथा दशौँ अधिवेशन सम्पन्न भएको छ । ईन्द्रावती गाउँपालिका ७ सिपापोखरे स्थित सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको केन्द्रीय कार्यालयमा दशौँ अधिवेशनको सम्पन्न भएको हो । कार्यक्रमको गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र ईन्द्रावती गाउँपालिकाको अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा बोल्दै केन्द्रीय अध्यक्ष सुवेदीले नागरिक आन्दोलनमा निरन्तरता दिँदै समुदायको शक्ति परिचालनमा महासंघ लागिरहने बताउनुभयो । नेपालको संविधानले परिकल्पना गरेको अवधारणालाई परिपालन गर्दै नागरिक मैत्री शासन, विकास र संमृद्धिमा सामाजिक संस्था केन्द्रीत रहने बताउनुभयो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँपालिका अध्यक्ष नेपालले राजनीतिक, सामाजिक, आर्थिक संकटमा सामाजिक संस्थाले सरकारलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । विकास र संमृद्धिको लक्ष्य प्राप्तिमा सामाजिक संस्थाहरुले अहम् भूमिका निर्वाह गर्नु आवश्यक रहेको अध्यक्ष नेपालले बताउनुभयो । अध्यक्ष नेपालले आपूmहरुले सामाजिक संस्थाहरुसँग समन्वय गरी साझेदारी कार्यक्रमहरु गरीरहेको बताउनुभयो ।
दिगो विकासलाई स्थानीयकरणमा महासंघ केन्द्रीत रहेको गैसस महासंघका महासचिव अर्जुन भट्टराईले बताउनुभयो । उद्यमशीलता र आर्थिक समृद्धिका क्षेत्रमा सामाजिक संस्था केन्द्रीत रहेको भट्टराईको भनाई छ ।
उद्घाटन समारोहमा शुभकामना मन्तब्य राख्दै नेपाल वार एसोसिएसन सिन्धुपाल्चोका सचिव शशीनाथ आचार्य, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव बिदुर आचार्यले रुपान्तरित अभियान संचालन गर्न सुझाव दिनुभयो । संंघियता कार्यान्वयनसँगै निर्माण भएका सबै तहमा नागरिक समाजको मुद्दा, आवाज र आवश्यकता अनुरुपको कार्यक्रमको तय गर्न उहाँहरुको आग्रह छ ।
कार्यक्रममा ईन्द्रावती ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङ, वडा नम्बर ७ का अध्यक्ष रविन्द्र खाती, महासंघका पूर्व केन्द्रीय सदस्य सोम सापकोटा, केन्द्रीय कोषाध्यक्ष नानीमैया थापा, उपमहासचिव राजेन्द्र शर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
३९ संस्था आवद्ध जिल्ला शाखाको नयाँ नेतृत्व पनि आज नै चयन भएको छ । महीला आतमनिर्भरता केन्द्रका अध्यक्ष भवानी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा प्रकाश नेपाल, सचिवमा राज वि.क, सह सचिवमा भरत सापकोटा, कोषाध्यक्षमा राजेन्द्र भण्डारी, सदस्यहरुमा राधा सापकोटा, रिता सापकोटा, रिना श्रेष्ठ, राजकुमार भट्टराई, सुर्यमान दोङ र गोविन्द सापकोटा पदेन सदस्य हुनुभएको गैसस महासैघ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद सापकोटाले जानकारी दिनुभयो ।