रेडियो मिसन ।
इन्द्रावती गाउँपालिका–७ मा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १२५ जनाले सेवा लिएका छन् । बोडगाउँ आधारभूत अस्पताल तथा जय नेपाल सँस्थाको सहयोगमा वडा नम्बर ७ को आयोजनामा बुधवार सम्पन्न शिविरमा ५१ जान पुरुष ७४ जान गरी १२५ जनाले सेवा लिएका हुन् । शिविरमा भिडियो एक्सरे, स्त्रीरोग, इसिजि, सुगर जाँच, सामान्य चेच जाँच गरिएको थियो ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले आफूले व्यक्तिगत तबरबाट पनि यस खालका शिविर सञ्चालन गर्दै आएको डाक्टर मिखेले रोशिले बताउनुभयो । गाउँमै अस्पताल नहुँदा विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्दा धेरैले राहतको अनुभव गरेको बताउँदै उहाँले बर्सेनि यस किसिमका शिविर सञ्चालन गर्ने योजना सुनाउनुभयो ।
आगामी दिनमा यस्ता शिविर सञ्चालनका लागि गाउँपालिकाले पनि सहजीकरण गर्ने वडा अध्यक्ष तथा कार्यपलिका सदस्य रबिन्द्र खातीले बताउनुभयो । साथै आगामी दिनमा नि यस्ता खालका शिविर सञ्चानल गर्ने बताउनुभयो । निशुल्क चेकजाँच तथा औषधी पाउँदा सहभागीहरु खुशी भएको वडा नम्बर ११ का निवर्तमान अध्यक्ष तथा समाजसेवी मने माझीले जानकारी दिनुभयो ।
शिबिरमा डाक्टर निता तिमिल्सिना, धर्मेन्द्र पाण्डेय मिखेलि रोशि लगायतको टोलीले बिरामीको चेकजाँच तथा परीक्षण गर्नुभएको थियो ।
