पाँचपोखरीकाे प्रशासनिक भवन उद्घाटन नेपाली कांग्रेसद्वारा बहिष्कार

* # पालीका खबर राजनीति समाचार समाज सिन्धुपाल्चोक

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेको प्रशासनिक भवन उद्घाटन कार्यक्रम नेपाली काँग्रेस पाँचपोखरी कार्यसमितिले बहिष्कार गर्ने भएको छ । गाउँपालिका सभापति प्रेम दोङ द्धारा जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

पार्टीगत स्वार्थ झल्कनेगरी पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भवन उद्घाटन गर्न लागिएको भन्दै नेपाली कांग्रेस पाँचपोखरी थाङ्पाल गाउँपालिकाले उद्घाटन कार्यक्रम बहिष्कार गर्ने प्रेस विज्ञप्तिमा भनिएको छ । पार्टीगत स्वार्थमात्र स्पष्ट झल्कने गरि हुनगइरहेको कार्यक्रम बहिष्कार गरिएको नेपाली कांग्रेस पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सभापति प्रेम दाेङ द्वारा जारी विज्ञप्तिमा भनिएको छ । 


मिति २०८० माघ १७ गते उद्घाटन गरिने भनिएको पाँचपोखरी थाङ्गपाल गाउँपालिका नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आयोजक तथा स्थानीय सरकारले राजनीतिकरण गरेकोमा नेपाली कांग्रेस पाँचपोखरी थाङ्पाल गाउँपालिका घोर आपत्ति जनाँउदछ, अनावश्यक खर्च र तामझाम देखाई पार्टीगत स्वार्थमात्र स्पष्ट झल्कने गरि हुन गइरहेको उक्त कार्यक्रम नेपाली कांग्रेस पाँचपोखरी थाङ्गपाल गाउँपालिका पुर्णतया बहिष्कार गर्दछ । प्रेस विज्ञप्तिमा भनिएको छ । 

Leave a Reply