स्वास्थ्यकर्मीहरुका लागी ३ दिने अभिमुखिकरण तालिम जारी

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, नवलपुर । 
इन्द्रावती गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागी ३ दिने अभिमुखिकरण तालिम भइरहेको छ । बिहीवार देखी सुरु भएका तालिममा गाउँपालिका भित्रका १२ वटै वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु सहभागी छन् । 

गाउँपालिकाको आयोजनामा भएको तालिममा संस्थाले गरेका कामहरुलाई कसरी रेकर्ड राख्ने र रेकर्ड राखेका कुराहरुलाई कसरी रिपोर्टिङ गर्ने भन्ने बारेमा सिकाइने गाउँपालिका स्वास्थ्य शाखाका सरस्वती खनालले जानकारी दिनुभयो । 

शनिवार सम्म चल्ने तालिमको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख अनुप अधिकारी, खोप अधिकृत राजाराम कार्की र तथ्यांक सहायक राम रोशन प्रसाद यादवले सहजिकरण गरिरहनुभएको छ । 

Leave a Reply