नगरप्रमुख तामाङद्धारा भट्टार–तालामाराङ मोटरबाटो कालोपत्रेका लागी शिलान्यास

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियाे मिसन ।

मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित दुवाचौर भट्टार तालामाराङ सडक कालोपत्रे सुरु भएको छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा नम्बर ७ का अध्यक्ष पासाङ दोङ, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।

निर्माणको जिम्मा पाएको श्री रुद्रादेवी बटुसफल जेभिले सडक कालोपत्रे, सोलिङ, ग्राभेल, नाला, वाल लगायतको काम २०८३ साल माघ सम्म सम्पन्न गर्नुपर्ने छ । तिन बर्से आयोजनाको ६ करोड ७८ लाख ५६ हजार रुपैयाँमा सम्झौता भएको छ । 

कार्यक्रमको अवसरमा नगर प्रमुख आइतमान तामाङले संघ र नगरपालिका मिलेर सडक स्तर उन्नति र कालोपत्रेको लागी बजेट ब्यबस्था गरी अहिले काम सुरु भएको बताउनुभयो । उहाँले बहुबर्षिय योजना भएकाले अहिले २ करोड रुपैयाँको काम हुने जानकारी दिनुभयो । तालामाराङ भट्टार पुलका लागी प्रदेश र सङ्घलाई नगरसभा बाट सिफारिस गर्ने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख तामाङले नगरलाई समृद्ध बनाउन अहिलेको जनप्रतिनिधिको दायित्व र जिम्मेवारी भएकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, लगायतका क्षेत्रमा नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।

Leave a Reply