ईन्द्रावतीमा एकीकृत शैक्षिक सूचना व्यवस्थापन सम्बन्धि २ दिने प्रशिक्षण सम्पन्न भएको छ । गाँउपालीका क्षेत्रभित्र रहेका सबै विद्यालयका शिक्षकहरुलाई सो प्रशिक्षण दीईएको हो ।
कार्यक्रमको अवसरमा बोल्दै गाँउपालीकाका अध्यक्ष झम्कनाथ नेपालले अबको शिक्षा प्रविधीमैत्री हुनुपर्ने बताउनुभएको छ । यस्तै शिक्षालाई सुचना प्रविधीमा जोड्दै लान पनि गाँउपालीकाले सक्दो पहल गर्ने बताउनुभएको छ । एककिृत शैक्षिक सुचना प्रणालीको विकास गर्न सकेमा पारदर्शी हुने उहाँले जानकारी दीनुभयो । आधुनीक युगमा शिक्षालाई प्रविधीमैत्री बनाँउदै लैजानुपर्नेमा उहाँले जोड दीनुभयो ।
विद्यालयको विबरण, शिक्षकको विवरण, बालबालीकाको विवरण लगाएत सम्पुण शैक्षिक गतिविधको जानकारी लीन सकीने गाँउपालीकाको शिक्षा शाखा अधिकृत मिन बहादुर धामीले जानकारी दीनुभयो ।
लेखा सम्बन्धि सबै कामहरु बजेटीङ, लेखाङ्कन, खर्च प्रतिवेदन लगाएतका विषय पनि सफ्टवेयरबाट गर्न सकीने गाँउपालीकाका लेखा शाखा प्रमुख भाष्कर पन्तले जानकारी दीनुभयो ।
वडा नम्बर १ देखी ६ सम्मका विद्यँलयलाई साउन ३० र ३१ गते प्रशिक्षण दिईएको थियो भने वडा नम्बर ७ देखी १२ का विद्यालयलाई भदौ १ र २ गते प्रशिक्षण दीईएको हो ।