सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक


रेडियो मिसन, मेलम्ची ।
सिन्धुल्चोक जिल्ला क्रिकेट संघ तदर्थ समिती गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न एक भेलाले बिजय कुमार धितालको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन गरेको छ । नवगठित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष राजन धिताल, सचिब अजय कुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यहरुमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलिप लामा, सागर खड्का, सन्तोष चौलागाई, अनिल कुमार धिताल रहेका छन् ।

कार्यक्रममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले जिल्लालाई क्रिकेटबाट चिनाउन युवाहरूले सुरू गरेको अभियान स्वागतयोग्य रहेको बताउनुभयो । वडा नम्बर ४ बाट सामान्य रूपमा सुरू गरिएको क्रिकेट आहिले जिल्लाका केहि पालिकामात्र खेलमा सहभागि भईरहेको तर सबै पालिका समावेश हुन सके गतिविधि अझ बढ्दै जाने उहाँको भनाई छ । अन्य पालिकासंग साझेदारी रूपमा क्रिकेट मैदान तयार गर्ने प्रयास भईरहेको अध्यक्ष लामाले बताउनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलाडीलाई राष्ट्रिय स्तरबाट सहयोग नहुने वातावरण बन्नु दुखद रहेको र खेलकुद बुझेको नेतृत्व भएमा खेलको विकासमा टेवा पुग्ने बताउनुभयो । साथै खेलाडीले आफैं लगानि गर्नुपर्ने अवस्था आउनु खेलाडीलाई दुखको कुरा भएको बताउँदै प्रमुृुख तामाङले खेलाडी उत्पादनमा पालिकाले सहयोग गर्ने बताउनुभयो ।

मेलम्ची नगरपालिकाले खेलमैदान बनाउनको लागि ठाउँको खोजि गरिरहेको र आधिकारिक रूपमा आउने सबै खेललाई निरन्तर सहयोगमा कन्जुस्याई नहुने भन्दै जिल्ला स्तरसंगै पालिकास्तरमा समिति गठन गर्न सके प्रभावकारी हुने धारणा राख्नुभयो । खेलकुदमा राजनिति गर्न नहुने र खेल क्षेत्रको बिकासमा सहकार्यमा काम गर्ने प्रयास भईरहेको साथै यो ठाउँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलाडि उत्पादनमा सदैव सकारात्मक रहेको उहाँले बताउनुभयो ।

सुपर ८ लिगको पाँचपोखरीमा सुरू गरि पाँचौ संस्करण सम्म आइपुग्दा पाँचपोखरिबाट मुलपानि क्रिकेट मैदानमा खेलाउन सफल भएको जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधी तथा समाजसेवीको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply