महिला जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि तालिम

# पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाको आयोजनामा भएको महिला जनप्रतिनिधिहरूलाई तीन दिने क्षमता अभिबृद्धि तालिम बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा स्थानिय सरकार सञ्चालन ऐन,नेपालको संविधान, महिला अधिकार,सामजिक क्षेत्रमा महिलाको भुमिका अबसर, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको परिचय, आबश्यकता, समावेशि बजेटको अबधारणा लगायतको बिषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा बजेट तर्जुमा प्रकृया, खरिद प्रकृया, खरिदका चरण, असल नेतृत्व,व्यक्तित्व विकास, मन्चमा कसरी बोल्ने,योजनाका चरणहरू को बिषयमा प्रशिक्षण भएको नगरपालिकाका कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो । कार्यक्रमको अधिबक्ता कृष्ण घिमिरे, केशबराज ढुङ्गेल, डा.अनन्तराम केसि, प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धिताल, प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल लगायतले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखाको महिला विकास निरिक्षक राधा कार्कि र मेलम्ची नगरपालिका कर्मचारि अम्बिका डोटेलले गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले निर्वाचित भइसकेपछि तेरोमेरो गर्न नहुने बताउनुभयो । उहाँले जनप्रतिनिधि भनेको साझा ब्यक्ति हुनेभएकाले यो पार्टीको त्यो पार्टीको भनेर भेद्भाव गर्न नहुने बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई वडामा गएर लागुगर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख उमा प्रधानले महिलाले पनि अबसर पाएमा पुरुष सरह काम गर्नसक्ने दावि गर्नुभयो । उहाँले सभ्य,स्वस्थ, हिंसा रहित अपाङ्ग मैत्रि, महिलामैत्रि र बालमैत्रि नगर बनाई नमुना काम गर्ने उद्घोष समेत गर्नुभयो । उहाँले सबै मिलेर हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply