मेलम्ची नगरपालिकाले ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` आज एक कार्यक्रमका बिच सुरू गरेको छ ।
“हामि सबैकाे प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ आज नगरपालिकाले जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` सुरू गरेको हो ।
अभियानको सुरूवात गर्दै नगर उपप्रमुख उमा प्रधानले कानुनले बर्जित गरेको कुनै पनि कार्य सचेत नागरिकले गर्न नहुने बताउनुभयाे । उहाँले पछिल्लो समय विभिन्न लैंगिक हिंसाका घटनाहरू बढ्दै गइरहेको बताउँदै त्यसलाई निराकरण गर्न सबै लाग्नुपर्ने बताउनुभयाे । लैङ्गिक हिंसा आफुले गर्दिन र सहदिन भनेर सेतो रिबन लगाएकाे उहाँले बताउनुभयो । सामाजिक सञ्जालबाट भईरहेकाे हिंसाकाे पनि निगरानि राख्नुपर्ने उहाँले बताउनुभयाे ।
पूर्व नगर उप- प्रमुख भगवती नेपालले सेतो रिबनको बारेमा जानकारी दिदै म हिंसा गर्दिन हिंसा गरेनि सहदिन भनेर लगाएको बताउनुभयो । लैङ्गिक हिंसाको विरुद्ध मेलम्ची नगरपालिकाले अघिल्लो कार्यकाल देखि सञ्चालन गरेको कार्यक्रमकाे बारेमा जानकारी दिनुभयो । हिंसा महिलालाई मात्र नभएर पुरुषलाई पनि हुने बताउदै हिंसाको बारेमा स्पष्ट पार्नु भयो।
यस्तै कार्यक्रममा एकल महिला संजालका अध्यक्ष सुनिता देउजा इन्द्रावती क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ ले आफ्नो मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराईले राख्नुभएको थियो।
कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व उपप्रमुख भगवती नेपाल र दिपेन्द्र शर्माले प्रशिक्षण तथा सामाजिक समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले सञ्चालन गर्नुभएको थियो
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष ज्ञानप्रसाद सापकोटा र मेलम्ची नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करप्रसाद धितालले सुझाव मन्तव्य राख्नुभएको थियो।