सिन्धु प्याब्सनद्धारा संगठनमा आबद्ध पुर्व प्राथमिक तहका शिक्षकलाई तालिम

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले पुर्व प्राथमिक तहका शिक्षक शिक्षिकाहरुका लागी एकदिने आधारभूत तालिम दिएको छ। प्याब्सनले एभरेस्ट पब्लिकेसनसंग मिलेर जिल्लामा प्याब्सनसंग आबद्ध बिद्यालयका मुख्यत आधारभूत तहका बिद्यालय लक्षित सो तालिम दिइएको हो ।

काभ्रेको जिरोकिलो स्थित सिन्धु मिलन होटलमा सम्पन्न तालिममा सिन्धुपाल्चोकका नौ वटा संस्थागत बिद्यालयका ४५ जना पुर्व प्राथमिक तहका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

प्याब्सन सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रशासन शाखा प्रमुख शंकर दाहाल, प्याब्सन सिन्धुपाल्चोकका पुर्व अध्यक्ष एवम् चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा शाखाका अधिकृत गोपाल खड्का लगायतले शुभकामना दिनुभएको थियो । प्याब्सन सिन्धुपाल्चोकका कोषाध्यक्ष मदनकुमार सापकोटा, सहसचिव कञ्चन लामा र सहभागी सबै बिद्यालयका प्रिन्सिपलहरुको उपस्थिति रहेको तालिमको सहजकर्ता प्रतिमा लामाले सहजीकरण गर्नुभएको थियो ।

यस्ता तालिम बेला बेलामा भइरहन पर्ने र तालिमबाट सिकेका कुराहरु बिद्यालयमा गई ब्यवहारमा उतार्न सके बाल मनोबैज्ञानिक तवरले पढाउँदा बालबालिकाको बौद्धिक क्षमता अभिवृद्धि गरी उत्प्रेरणा जगाई विद्यार्थीहरूलाई उत्साहित गर्दै शैक्षिक उन्नति गर्न टेवा पुग्ने तालिममा सहभागी मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्लिस स्कुलका शिक्षक बेदलाल दुलालले बताउनुभयो ।

Leave a Reply