नवलपुरमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

नवलपुर ।
नवलपुर प्राथमिक अस्पताल इन्द्रावतीमा अपाङ्गता पहिचान स्वास्थ्य तथा पुनस्र्थापन घुम्ती शिविर सम्पन्न भएको छ । विकलाङ्ग मित्र समुह अपाङ् बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपाको आयोजना तथा इन्द्रावती गाउँपालिकाको सहयोग र समन्वयमा भएको शिविरमा २५ जनाले सेवा लिएका छन् । शिविरको गाउँपालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको थियो ।

जसमध्ये २ जना लाई शल्यक्रियाको लागी बनेपा रिफर गरिएकोछ भने २ जालाई परामर्श दिइएको छ । त्यस्तै १ जनालाई ह्विलचियर र १ जनालाई बैशाखी बितरण गरिएको सिबिआर सुपरभाइजर टिका बिकले जानकारी दिनुभयो ।

त्यस्तै शिविरमा आश्यकता अनुसार औषधी बितरण गरिनुका साथै फिजियो थेरापी अभ्यास र सहयोगी समाग्रीहरुको लागी नाप लिइएको पनि उहाँले जानकारी दिनुभयो । शिविरमा डाक्टर विवेक लामा, पिजियो थेरापिष्ट दिपेश देउला, अर्थोपेडिक नर्स सुमिरा खड्का, सिबिआर सुपरभाइजर टिका बिक, अर्थो प्राविधिक श्याम दाहाल लगायतले सेवा दिनुभएको थियो ।

सोही शिविर मेलम्ची नगर अस्पतालमा १८ गते बिहिबार र १९ गते शुक्रबार एकिकृत सेवा केन्द्र पिप्लेमा हुने आयोजकले जनाएको छ । उक्त स्थानहरुमा पायक पर्नेहरुले सेवा लिन पनि मेलम्ची नगरपालिकाले आह्वान गरेको छ ।

Leave a Reply