रेडियो मिसन ।
मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले सहकारीले कृषकहरूलाई आत्मनिर्भर हुन ठुलो मद्दत पुग्ने बताउनुभएको छ ।सूर्यमुखी साना किसान समूहको एक कार्यक्रममा बोल्दै उपप्रमुख प्रधानले सूर्यमुखी र कृषकहरूको अन्योन्याश्रित सम्बन्ध भएको बताउनुभएको हो ।
सूर्यमुखी साना किसान सहकारीलाई अगाडि बढाउनु आफू अगाडि बढ्नु रहेको भन्दै उनले सबै शेयर सदस्यलाई क्रियाशील रहन आग्रह गर्नुभयो। कृषिमा आत्मनिर्भर रहन महिलाहरूलाई सहकारीले सहयोग गरेकोमा उनले खुसी व्यक्त गर्नुभयो।
बाँदर र बँदेलले किसानहरूलाई दुख दिएको भन्दै उनले बाँदर व्यवस्थापनका लागि पनि सहकारीले भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुमार बन्जरा वडा सदस्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।