मेलम्ची, बिनोद नेपाल स्मृति फाउण्डेसनले ईन्जिनियरिङ अध्ययन गर्दै गरेका ७ जना छात्रछात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराएको छ ।
फाउण्डेशनले वुधवार एक कार्यक्रमकाे आयाेजना गरि मेलम्ची ११ काे ईन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठलाई फाउण्डेशनका अध्यक्ष डा. गंगादत्त नेपालले छात्रवृत्ति बापतकाे एकमुस्ट रकमकाे चेक हस्तान्तरण गर्नुभयाे ।

स्व बिनोद नेपालको स्मृतिमा स्थापना गरिएकाे संस्था बिनाेद नेपाल स्मृति फाउण्डेशनले इन्जिनियरिङ्ग अध्ययन गर्न चाहने विद्यार्थीलाई विधिपुर्वक छनौट गरि छात्रवृत्ति प्रदान गर्दै आएकाे छ । ईन्द्रेश्वरी बाट छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा ९ मा अध्ययन गर्ने २ जना, १० मा २ जना, कक्षा ११ मा १ जना, कक्षा १२ मा २ जना छन । अन्तर्वार्ता र विभिन्न मुल्याङ्कन विधि बाट छनौँट भएका जेहेन्दार विद्यार्थीहरूलाई फाउण्डेसनले कक्षा ९ देखि १२ सम्म पढाईमा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने छ ।
यश बर्ष कक्षा ९ मा छात्रवृत्ति प्राप्त गर्नेहरूमा मेलम्ची ११ कि अनुसा पुरी र प्रतिमा चालिसे रहनुभएकाे छ । त्यस्तै कक्षा १० मा हिमानी चालिसे र सन्दिप गिरि, कक्षा ११ मा मानवी पुरी, कक्षा १२ मा राजु दनुवार र निरूता आचार्य लाई छात्रबृत्तिमा निरन्तरता दिइएकाे छ । यसका साथै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई स्टेशनरी बापत जनहि ५ हजारकाे दरले सहयाेग गरिएकाे छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै आजिवन सदस्य पाेषक नेपालले यश बर्ष चाैथाे बर्षकाे छात्रबृत्ति प्रदान गरिएकाे जानकारी दिनुभयाे । छात्रबृत्ति प्राप्त गरेपछि ईन्जिनियरिङ अध्ययन पुरा गरून् भन्ने लक्ष्य फाउण्डेशनले लिएकाे उहाँकाे भनाई थियाे ।

बागमती प्रदेश नीति तथा याेजना आयाेगका उपाध्यक्ष समेत रहनुभएका फाउण्डेशनका अध्यक्ष डा. गंगादत्त नेपालले यश बर्षकाे छात्रबृत्तिकाे लागी ७ जनाले दिएकाे निवेदन मार्फत प्रकृया पुराएर छात्रवृत्तिकाे लागि २ जनालाई छनाेट गरिएकाे बताउनुभयाे । सन्ताेषजनक नतिजा नल्याउने विद्यार्थीकाे छात्रवृत्ति राेक्का गरिने उहाँकाे भनाई छ । “तपाईहरूले राम्राे अध्ययन गर्नु भएन भने हामी छात्रवृत्ति काट्न बाध्य हुनेछाैँ”, नेपालले भन्नुभयाे । विद्यालयलाई नीति याेजना आयाेगबाट गर्नुपर्ने सहयाेग गर्न आफु तयार रहेकाे उहाँले जानकारी दिनुभयाे ।

कार्यक्रममा बिव्यस अध्यक्ष शान्नानी पण्डित र ईन्द्रावती भ्याली क्याम्पसका क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले फाउण्डेशनकाे प्रशंसा गर्दै छात्रवृत्ति प्राप्त गर्ने छात्रछात्राकाे उज्ज्वल भविश्यकाे कामना गर्नुभयाे ।

कार्यक्रमका समाजसेवी तथा आजिवन सदस्य सागर कुमार श्रेष्ठले किताब मात्र पढ्ने नभई हाम्राे समाजलाई कसरी पढ्ने भन्ने कुरा पनि विद्यार्थीहरूले जान्न जरूरी रहेकाे बताउनुभयाे । नगरपालिका, गाउँपालिका कस्ताे बनाउने, सडक कस्ताे बनाउने, कुलाे कसरी बनाउने भन्ने दिशा तर्फ ईन्जिनियरकाे लिड राेल हुने भन्दै ईन्जिनियरले मुलुककाे भविश्य काेर्ने दिशा तर्फ काम गर्ने उहाँकाे भनाई छ ।

७, ८ जना लाई छात्रवृत्ति दिनु भनेकाे अरू विद्यार्थीकाे प्रेरणाकाे कुरा भएकाे भन्दै समाजसेवी श्रेष्ठले छात्रवृत्ति प्राप्त गरेपछि कडा मेहनत गरि बिनाेद नेपालकाे सपना पूरा गरिदिन विद्यार्थीलाई आग्रह गर्नुभयाे । ईन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवि श्रेष्ठले बिनाेदकाे सपना पूरा गर्न मेहनत गरि देशकाे असल ईन्जिनियर हुन विद्यार्थीलाई आग्रह गर्नुभयाे ।

ईन्द्रेश्वरी माविका शिक्षक मुना पाैडेलले बिनाेद नेपालले पूरा गर्न नसकेकाे सपना अरू विद्यार्थीले पूरा गरून् भन्ने उद्देश्य सहित याे कार्यक्रम गरिएकाे बताउनुभयाे । छात्रवृत्ति प्राप्त गरेपछि पढाईलाई निरन्तरता दिएर उच्च अंकका साथ नतिजा ल्याउन विद्यार्थीलाई उहाँकाे आग्रह थियाे ।

फाउण्डेशनकाे छात्रवृत्ति बाट कक्षा १२ मा अध्ययनरत छात्रा निरूता आचार्यले आफुले २०७८ फागुन १४ बाट छात्रबृत्ति प्राप्त गरेकाे जानकारी दिँदै छात्रबृत्तिले अध्ययनमा सहज भएकाे बताउनुभयाे ।

कार्यक्रमकाे सञ्चालन फाउण्डेशनकि आजिवन सदस्य रूपा सिग्देलले गर्नुभएकाे थियाे । कार्यक्रममा समाजसेवि, शिक्षक, विद्यार्थी, पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यस संस्था बिनोद नेपालको स्मृतिमा स्थापना भएकाले नेपालको जन्मजयन्तीमा बिभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । फाउण्डेशनले बार्षिक रुपमा रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको फाउण्डेशनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयाे ।
२०७७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा संस्था दर्ता गरिएको थियो । समाजसेवी डा. गंगादत्त नेपालको छोरा बिनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा २०७६ सालमा कार दुर्घटनामा परि निधन भएको थियो ।
अमेरिकामा पढ्न गएको ३ महिनामा बिनोदकाे निधन भएकाे थियाे । ईन्जिनियरिङकाे उच्च अध्ययन गरेर देशको भविष्य सुधार्ने योजनाका साथ अध्ययन गर्न गएका विनोदको सपना पूरा नभएको र त्यो सपना पूरा गर्नको लागि फाउण्डेसनले काम गरिरहेको अध्यक्ष नेपालकाे भनाई छ । विद्यार्थीको भविष्य उज्ज्वल बनाउनको लागि छात्रवृत्ति दिलाइएको उहाँले बताउनुभयाे ।
मेलम्ची ६ तालामाराङमा रहेको ग्याता गुम्वा तथा श्री गौखुरेश्वर महादेव मन्दिर निर्माणमा समेत फाउन्डेसनले सहयोग गरेको थियो । गाैखुरेश्वर महादेव मन्दिरलाई १ लाख ५१ हजार सहयाेग प्रदान गरेकाे थियाे । बृद्धाश्रममा फलफुल बांड्नेदेखि स्थापनाको केहि समयमा नै श्री इनर भिजन नेपालमा रहेका अनाथ बालबालिकाहरुको लागि सहयोग प्रदान गरेको थियो ।







