प्रदेस सभा सदस्य तामाङद्वारा बाढी ग्रस्त ग्याल्थुम र किउलमा काम गराउन प्राबिधिक सहित अवलोकन

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
बागमती प्रदेश सभा कृष्ण कुमार तामाङले किउल बजार र सरस्वती मा.वि तथा ग्यालथुम बजार संरक्षणको लागि भइरहेको कामको अवलोकन निरिक्षण गर्नुभएको छ । सांसद तामाङको पहलमा बागमती प्रदेश सरकारबाट बिनियोजित बजेटबाट कार्यसम्पन्न गर्नका लागि अपुग हुने भएकाले थप बजेट ब्यवस्थापन गर्नको लागि स्थानीय जनप्रतिनिधी लगाएतको उपस्थितीमा जिल्ला भु–संरक्षण कार्यालयका इन्जिनियरलाई प्राविधिक इस्टिमेट तयार गर्न समेत लगाउनु भएको छ । अवलोकन तथा निरीक्षणका क्रममा हेलम्बु –४ का वडाअध्यक्ष बुद्धिमान तामाङ, हेलम्बु –२ का वडाअध्यक्ष पेम्वा लामा र स्थानीय बासिहरुको उपस्तिथि रहेको थियो ।
साथै सांसद तामाङ सँगै नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेशराज भण्डारी, वन तथा वातावरण मन्त्रीका स्वकीय सचीव हेमन्त दङ्गाल, नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला सचिव दिपेशराज खनाल र जिल्ला भु–संरक्षण कार्यालयका इन्जिनियर सहितको टोलि आज ग्याल्थुम पुग्नुभएको सांसद तामाङका स्वकीय सचिव सम्राट राउतले जानकारी दिनुभयो ।

Leave a Reply