इन्द्रावतीमा लैङ्गिक हिंसा र न्यूनिकरणका सवाल विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिकामा महिला हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने नाराका साथ लैङ्गिक हिंसा र न्यूनिकरणका सवाल विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच पालिकामा सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि झम्कनाथ नेपालले समाज फरकफरक अस्तित्व रहेकाले अनेकन विभेद सृजना हुने बताउनुभएको छ । पालिकामा अझैपनि बाँकी रहेका कुरीति तथा कुसंस्कारहरूको निर्मूल गराउन गाउँपालिका लागिरहेको उहाँले बताउनुभयो । कानुनत सुनिस्चीत भएका अधिकार आम नागरिकले प्रयोग गर्न पाए नपाएको विषयमा छलफल हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङले कानुनी र व्यावहारिक जटिलता हटाई सहज रुपमा न्याय पाउनुपर्नेमा जोड दिनुभएको छ । साथै यस्ता खाले अभियान निरन्तर समुदायकाबीचमा लैजानुपर्ने उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले महिला माथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि नागरिकलाई सचेत गराउन पालिकाले भूमिका खेल्ने बताउनुभयो । साथै यो अभियानको सुरुवात देखी हालसम्मको अवस्थाबारे उहाँले जानकारी दिनुभएको थियो ।

कार्यक्रममा महिला माथि हुने हिंसा र यसका प्रकारहरू, सजाय तथा रोकथामका अभ्यासहरूबारे स्रोतव्यक्ति नानीमैया थापाले प्रशिक्षण दिनुभएको थियो ।

कानुनी व्यवस्था बारे गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू साथै सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।  

Leave a Reply