स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा मेलम्चीमा हाजिरीजवाफ

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

मेलम्ची ।

“स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ स्वयंसेवीकाको संयुक्त प्रयास” भन्ने नाराका साथ २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा मेलम्चीमा हाजिरीजवाफ गरिएको छ ।

१३ वटा वडा सहभागी भएको कार्यक्रममा लिखित मार्फत ६ वटा समुहलाई दोस्रो चरणमा प्रवेश गरिएको स्वास्थ्य शाखाका प्रमुख अस्मिता भण्डारीले जानकारी दिनुभयो । त्यसमध्ये वडा नम्बर १ पहिलो, ५ नम्बर वडा दोस्रो , १३ नम्बर वडा तेस्रो र १० नम्बर वडा सान्त्वना भएका छन् ।

विजेताहरुलाई नगरपालिकाका प्रमख प्रशासकिय अधिकृत निमेष मिश्रले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण गर्दै मिश्रले बधाई तथा सुभकामना ब्यक्त गर्नुभयो । फेयरमेड र मांकको सहयोगमा भएको कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नगर प्रमुख आइतमान तामाङले स्वयंसेविकाहरुको योगदानलाई नगरपालिकाले सधैं सम्मान गर्ने बताउनुभयो ।

उहाँले समाजमा निस्वार्थ रुपमा महत्वपुर्ण सहयोग गर्ने सम्पुर्णमा नगरपालिकाले सधैं सम्मान गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय चौताराकी जनस्वास्थ्य अधिकृत एवम् प्रमुख दुर्गा बजगाईंले जिल्लामा स्वयंसेविकाहरुले पुर्याएको योगदानको चर्चा गर्दै स्वयंसेविकाहरुको कारणले पुगेका फाइदाको बारेमा जानकारी गराउनुभयो ।

May be an image of 6 people and text

Leave a Reply