कटुन्जेमा देउसी खेलेको रकमले गाउँलाई आवश्यक सामाग्री किन्ने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका ११ का युवाहरुले देउसी खेलेको रकमबाट गाउँका लागि आवश्यक सामाग्री खरिद गर्ने भएका छन् । यस बर्षको तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार रुपैयाँबाट गाउँमा हुने विवाह, ब्रतबन्धजस्ता सामाजिक र सामूहिक कार्यमा प्रयोग हुने भाँडाबर्तन खरिद गरिने छ ।
उल्लासमय सहभागितामा सञ्चालित परम्परागत देउसी भैलो कार्यक्रमबाट उठेको दक्षिणा बापत संकलन भएको रकमलाई एक भेलाले गाउँमा आवश्यक भाँडा किन्ने कार्यमा खर्च गर्ने निणर्य गरिएको शिक्षक तथा देउसी कार्यक्रमका संयोजक रामप्रसाद दुलालले जानकारी दिनुभयो ।
शम्भु दुलालको अध्यक्षतामा भाँडा खरिद समिति गठन गरिएको र उक्त रकमलाई सोही समितिका अध्यक्ष दुलाललाई हस्तान्तरण गरिएको छ ।

जम्मा भएको रकममा थप हुनेगरी विभिन्न स्रोतबाट रकम जुटाएर समितिले सामान खरिद गर्ने छ ।
देउसी कार्यक्रम समाजसेवी युवराज दुलाल, ईश्वरी प्रसाद दुलाल , दधिलाल दुलाल, देवराज दुलाल, हरि दुलाल, सोम दुलाल, ऋषीराम लामिछाने, लगायतको संक्रियतामा सम्पन्न गरिएको छ ।

Leave a Reply