जलवायु अनुकलन तथा न्यूनीकरणसम्बन्धी फलफूल रोपण तालिम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै स्थानीय स्तरमा अनुकूलन प्रवर्द्धन गर्ने उद्देश्यले इन्द्रावती गाउँपालिका–६ मा फलफूल रोपणसम्बन्धी एकदिने तालिम आज (शनिवार) सम्पन्न भएको छ।

आँपचौर जलवायु आदिवासी जनजाति महिला समूह’को आयोजनामा वडा कार्यालयको भवनमा सम्पन्न तालिममा कृषि प्राविधिक नवराज कटुवालले सिँचाइ प्रणाली, हिउँदमा सन्तुलित सिँचाइ, अकबरे खुर्सानी खेती, बादरमुक्त खेती प्रविधि, बिरुवा रोप्न खाल्डो खन्ने तरिका लगायतका विषयमा व्यावहारिक जानकारी प्रदान गर्नुभयो ।

कार्यक्रममा आदिवासी महिला उत्थान केन्द्र सिन्धुपाल्चोककी अध्यक्ष तथा फिल्ड संयोजक पानमाया तामाङ, वडा सदस्य सम्झना श्रेष्ठ, सामाजिक परिचालक शिला तामाङ तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।

तालिमपछि स्थानीय सर्वेक्षणका आधारमा सुन्तला, ओखर, लिची, आँप, लप्सी र बुद्धचित्तका बिरुवा वितरण गरिनेछ। यसले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्नुका साथै आदिवासी महिलाहरूको क्षमता अभिवृद्धि र आम्दानीको स्रोत मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम सलासन नेपाल क्यानडाको साझेदारीमा सहयोग गरेको हो भने इन्द्रावती गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।

कार्यक्रमको समापनमा महिला समूह अध्यक्ष फूलमाया तामाङले तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै अरूलाई पनि सिकाउने र विधि अनुसार बिरुवा रोप्ने प्रतिबद्धता जनाउनुभयो।

Leave a Reply