तामाङ बाजा संरक्षणको लागी डम्फू बनाउने तालिमको प्रबन्ध मिलाइने छ : अध्यक्ष नेपाल

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाले डम्फू बजाउने तालिम दिने भएको छ । गाउँपालिका भित्र जनजातिको बाहुल्यता भएको र त्यसमा पनि तामाङहरु बढी रहेको भन्दै तामाङ बाजाको संरक्षण गर्ने हेतुले पालिकामा डम्फू बनाउने तालिमको प्रवन्ध मिलाउने गाउँपालिका अध्यक्ष झम्क नेपालले बताउनुभयो ।

पालिकामा तामाङ संस्कृतिको महत्त्वलाई ख्यालमा राखि बौद्ध शिक्षालयको स्थापना गर्ने बारे पनि छलफल भइरहेको उहाले बताउनुभयो ।

१० नम्बर वडाको पार्टीगाउँमा शनिवार सम्पन्न सोनाम ल्होछार बिशेष शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रममा शुभकामना दिँदै अध्यक्ष नेपालले धेरै तामाङ बस्तीहरुमा छोर्तेन गुम्बा निर्माण भएको तर १० नम्बर वडामा भने गुम्बा निर्माण नभएकोले तामाङ जातिको सांस्कृतिक पहिचान एव संरक्षणको लागि छोर्तेन गुम्बा निर्माण गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply