मेलम्चीमा उद्यमशिलता सीप विकास सम्बन्धी खेलौना बनाउने १० दिने आधाभुत तालिम सम्पन्न भएको छ ।
प्रयत्नशिल महिला समुहको आयोजना तथा मेलम्ची नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा भएको तालिममा वडा नम्बर ११ भित्रका महिलाहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै नगर उपप्रमुख उमा प्रधानले सिप सिकेर आत्मनिर्भरको पाटोलाई बलियो बनाउन नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
उहाँले महिलाहरु घरायसि काममा मात्र नभएर अन्य आर्थिक उपार्जनका क्षेत्रमा पनि क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले वडाका महिलाहरुको क्षमता विकासको लागि वडाबाट लगानी गरेको बताउनुभयो । उहाँले वडा तथा नगर बाट छुट्टीने लक्षित बर्गको बजेटमा वडाले सिप मुलक र सिर्जनात्मक काममा लगानी गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष भवानी श्रेष्ठको अध्यक्षतामा भएकोे थियो । कार्यक्रममा वडा सदस्य प्रतिमा धिताल, टिका बहादुर तामाङ, संस्थाकि उपाध्यक्ष दुर्गा चालिसे लगायतको उपस्थिति रहेको थियो ।