सर्टफुटमा चण्डेश्वरी मावि र नवलपुर माविलाई स्वर्ण

* # खेलकुद पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिकामा सुरु भएको स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चण्डेश्वरी माध्यमिक विद्यालय र नवलपुर माध्यमिक विद्यालयले एक एक वटा स्वर्ण पदक हात पारेका छन्।

चण्डेश्वरी माध्यमिक विद्यालयले सर्टफुटमा छात्रतर्फ र नवलपुर माध्यमिक विद्यालयले छात्रातर्फ स्वर्ण पदक प्राप्त गरेको हो। इन्द्रावती ८ मा रहेको सहिद स्मृति खेल मैदानमा भएको खेलमा सर्टफुटमा छात्रतर्फ चण्डेश्वरी माबिका दिपेश भट्टराई र छात्रातर्फ नवलपुर माविका विनीता तामाङले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक पाउनुभएको हो ।

छात्रतर्फ सिम्पालेश्वरी माध्यमिक विद्यालयका आशिष तामाङ र भिमेशवरी माध्यमिक विद्यालयका युविन दनुवारले क्रमश रजत र काश्य पदक प्राप्त गर्नुभएको छ। त्यस्तै छात्रातर्फ चण्डेश्वरी माध्यमिक विद्यालयकी विनिता दनुवार र सिपातिनधारा जनता माध्यमिक विद्यालयकी सुजिता तामाङले क्रमश रजत र काश्य पदक प्राप्त गर्नुभएको छ।

प्रतियोगितामा सफल खेलाडीहरूलाई इन्द्रावती गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि शोभाना तामाङले मेडल प्रदान गर्नुभएको थियो।

Leave a Reply