पहिरोका कारण अवरुद्ध सबै सडक खुले

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
गए रातिको अविरल वर्षाका कारण खसेको पहिरोकाले अवरुद्ध तालामाराङ् हेलम्बु र खाल्डे तिपेनी भोत्तङ लगायत मेलम्ची क्षेत्रका सडक खण्ड सूचारु भएको छ ।

मेलम्ची बजार स्थित हेलम्बु राजमार्गमा बिहान अन्दाजी १ बजे पहिरो जाँदा सो सडक अवरुद्व भएको थियो भने खाल्डे तिपेनी भोत्तङ सडक खण्डको विभिन्न ठाउँमा पनि पहिरो जाँदा सडक अवरुद्ध थियो ।

अहिले पहिरोले थुपारिको ढुंगा माटो पन्छाएसंगै सो सडक मार्गहरु पूर्ण रुपमा संचालनमा आएको छ ।


त्यस्तै गाउँपालिकाको रातोपुल नजिक पहिरो जाँदा बाटो अवरोध भएको छ । अहिले धमाधम पहिरो पन्छाउने काम गरिरहेकाले करिब दुई घण्टा जतिमा बाटो पुन सन्चालनमा आउने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी गराउनु भएको छ ।

गएराती सिन्धुपाल्चोक आसपास भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको थियो । माहाशाखाका अनुसार धापस्थित केन्द्रमा भारी वर्षामापन भएको छ । हेलम्बुको नाकोते केन्द्रमा पछिल्लो ६ घन्टामा ४५.६ मिलिमिटर वर्षा मापन गरिएको थियो भने धाप केन्द्रमा ९४ मिलिमिटर वर्षा मापन गरेको थियो ।

Leave a Reply