मेलम्ची ।
नेकपा माओवादी केन्द्र मेलम्ची पार्टी समितिले नगरपालिकाको समग्र विकास निर्माण, समसायिक पालिकाको गतिबिधि र आगामी बर्षको निति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहेर ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाका मेयर अइतमान तामाङको कार्यकक्षमै पुगी पार्टीका नगर अध्यक्ष सहितको टोलीले आज ज्ञापनपत्र बुझाएको हो ।

कार्यपालिकालाई विशेष ध्यानाकर्षण गराउँदै आ.ब.२०८२/८३ को बजेट निर्माणमा बिभिन्न विषयगत बुँदालाइ निति तथा कार्यक्रममा समावेस गरि मेलम्ची नगरवासी जनताको पक्षमा आशालाग्दो बजेट निर्माणको माग सहित ज्ञापनपत्र बुझाएको पार्टीका नगर अध्यक्ष चोकप्रसाद दुलाल सिपिले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा नागरिकको जनजिविका सँग जोडिएका बिभिन्न महत्वपूर्ण क्षेत्रहरु कृषि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा सिँचाइ, उद्योग, खेलकुद, पर्यटन, सहकारी, बिद्युत सुशासन, र सुरक्षा लगायतका छुट्टा छुट्टै बिषय राखी बुँदागत रुपमा सुझाव दिइएको छ ।



