सिन्धु युएस वेलफेयरद्धारा एसइईमा उत्कृष्ठ पाँच विद्यार्थीलाई सम्मान

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

सिन्धु युएसए वेल्फेयर सोसाईटी र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सिन्धुपाल्चोक जिल्लाबाट उत्कृष्ट अंक ल्याएर एसईई परीक्षामा पास हुने विद्यार्थीलाई सम्मान गरेको छ ।

शनिबार काठमाडौँको बुद्धनगरमा आयोजित सम्मान कार्यक्रममा २०७९ को एसईईको परीक्षामा सहभागी भइ उत्कृष्ट अंक ल्याएर पास हुने विभिन्न विद्यालयका विद्यार्थी सम्मानित भएका हुन् ।


अमेरिकामा बस्दै आएका सिन्धुपाल्चोकबासीले जिल्लाका विभिन्न विद्यालयका दुई छात्र र तीन छात्रालाई सम्मान गरेका हुन् ।
मेलम्ची ध्याङ माध्यमिक विद्यालय हेलम्बुक विवेक श्रेष्ठ, मेलम्ची ध्याङ माध्यमिक विद्यालय हेलम्बुका आश्विन तामाङ, बालशिक्षा माध्यमिक खाडीचौरका संस्कृति चालिसे, प्रगति इंग्लिस सेकेण्डरी स्कुल मेलम्चीकी खुसी श्रेष्ठ र प्रगति इंग्लिस सेकेण्डरी स्कुल मेलम्चीकी सजना बस्नेतलाई सम्मान गरीएको हो ।


सम्मानित हुने विद्यार्थीलाई २१ हजार नगद र प्रमाणपत्रसहित सम्मानित भएका हुन् । त्यसैगरी युसए वेल्फेयर सोसाइटीले अध्ययन पूरा गराएको विद्यार्थी दावा शेर्पालाई आजै विदाइ पत्रसहित सम्मान गरेको छ ।


यस पटक छात्रतर्फ ३.९५ दुई जना र छात्रातर्फ ३.०९ तीन जनाले प्राप्त गरेका कारण पाँच जनालाई सम्मान गरिएको हो । सिन्धु युएस वेलफेयर सोसाइटीका संस्थापक वंशलाल तामागंले यो सहयोग रकम धेरै नभएपनि विद्यार्थीका लागि थोरै सहयोग पुग्ने बताउनुभयो । उहाँले गाउँमै उच्च शिक्षा हासिल गर्ने वातावरण सरकारले तयार गर्नुपर्नेमा जोड दीनुभएको छ । तामाङले विद्यार्थीको उज्जवल भविष्यको कामना सहीत शुभकामना दीनुभएको छ ।


कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वासणजय संघका केन्द्रीय सदस्य वेद बहादुर श्रेष्ठले सिन्धु वेलफेयर सोसाइटीले गरेको कामले आफू निकै प्रभावित भएको बताउनुभयो । यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेतले विद्यार्थीहरुलाइ रोजगारी दिन आफू तयार रहेको बताउनुभएको छ । लगनशील विद्यार्थीहरुलाई पठनपाठन अगाडि बढाउन गाह्रो भए कामका साथसाथै पढ्नका लागि केही काम दिन आफू सक्षम रहेकाले सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।


हालसम्म संस्थाको पहलमा सिन्धुपाल्चोकका अतिविपन्न १९ बालबालिकालाई निजी विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाएको छ । छात्रवृत्तिलेले विद्यार्थीको लगनशीलतामा थप टेवा पुग्ने विश्वास गरिएको छ ।


सम्मान कार्यक्रमको अध्यक्षता वंशलाल तामाङले गर्नुभएको थियो । सम्मानि हुने विद्यार्थीको भविष्य उज्वलको शुभकामाना हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, सिन्धुपाल्चोक जिल्ला शिक्षा समन्वय प्रमुख कृष्णप्रसाद सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठ र उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होम बहादुर बस्नेतले सम्मानि हुने विद्यार्थीको उज्वल भविष्यको शुभकामाना सहित बधाई ज्ञापन गरेका छन् ।

Leave a Reply