रेडियो मिसन ।
नेपाल तरुण दल मेलम्ची नगरपालिकाका अध्यक्ष श्याम बहादुर तामाङको पहलमा बैदेशकि रोजगारीमा गई अलपत्र परेकी तोकमाई तामाङको उद्धार गरीएको छ ।
मेलम्ची नगरपालिका वडा ६ निवासि गर्बु तामाङको श्रीमती २८ बर्षिय तोकमाइ तामाङ वैदेशिक रोजगारीको शिलसिलामा कुवेत पुगि अलपत्र गर्नुभएको थियो । मेलम्ची नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेम बहादुर तामाङ र उहाँका भाई श्याम बहादुर तामाङको पहलमा उहाँ आज नेपाल आउनुभएको हो ।
आज त्रिभुवन अन्र्तराष्ट्रीय बिमानस्थलमा तामाङलाई स्वागत गर्दै तरुण दलका अध्यक्ष तामाङले अप्ठ्यारोमा परेकालाई सहयोग गर्न आफु संधै तयार रहेको बताउनुभएको छ । साथै हरेक सामाजिक काममा तरुण दलले सहभागिता जनाई सहयोग गरीरहेको पनि उहाँले बताउनुभएको छ । आफ्नो एकल खर्चमा नेपालसम्म सकुशल ल्याउन सफल भएको पनि उहाँले बताउनुभयो ।
नेपाल आईपुगेपछी तोकमाई तामाङले आफ्नै गाँउठाँउका दाजुभाईको सहयोगले आफु सकुशल नेपाल आउन सकेको बताउनुभयो । तोकमाईलाई स्वागत गर्न वडा अध्यक्ष प्रेम बहादुर तामाङ, तरुण दल मेलम्ची नगर अध्यक्ष श्याम बहादुर तामाङ लगाएत तरुण दलका सदस्यहरुका साथै तोकमाईको परीवार बिनानस्थल पुगेको तरुण दल मेलम्ची कार्यसमितिका सचिव श्याम बहादुर तामाङले जानकारी दीनुभयो ।