“नेपाल टोल गैरी गाउँ बाबियो डाँडा सिन्धुपाल्चोक” को लागी ठेक्का आव्हान भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले बोलपत्र आव्हान गर्दै यस सडकको स्तरोन्नतीको लागी ठेक्का निकालेको हो ।
समाजसेवी तथा नेपाली कांग्रेसका नेता परमात्मा नेपालको पहलमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ५ सिन्धुकोटमा २ करोड बजेट बिनियोजन भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले २ करोड रुपैयाँ बिनियोजन गरेको हो ।
“नेपाल टोल गैरी गाउँ बाबियो डाँडा सिन्धुपाल्चोक” शिर्षकमा बिनियोजित सो योजनाको टेन्डर आह्वान भएको छ । मिति २०८० साल साउन महिनाको १५ गते नेता नेपालले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा थप रकम माग गरि निवेदन दिएकाे नेता परमात्मा नेपालले जानकारी दिनुभयाे । मन्त्रालयले २०८०/०८१ को बार्षिक बजेटमा १ करोड बिनियोजन गरेकोमा सो रकम अपुग भएकोले थप १ करोड सुनिश्चीत गर्नको लागी निवेदन दिएकाे उहाँले जानकारी दिनुभयाे ।
बैकल्पीक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तर्गत मेलम्ची ५ को वडा कार्यालय देखि मेलम्ची १२ थाक्ले मानेभञ्ज्याङ सम्मको खण्डमा सडकको काम हुने भएको छ । १० मिटर लामो चौडाइको बन्ने बाटोमा नाली सहित ग्राभेल, सोलिङ र कटिङको काम हुने कांग्रेस नेता नेपालले जानकारी दिनुभयाे । “सिन्धुकोट देखि थाक्ले सम्मको नागरिकको जीवनस्तरमा सहजता ल्याउनको लागी सो सडक अपरिहार्य रहेको छ”, निवेदनमा भनिएको छ ।
सो सडकको लागी २०८० माघ ५ गते अर्थ मन्त्रालयले रकम सुनिश्चित गरेको थियो । माघ ४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार अर्थ मन्त्रालयले बहुबर्षे ठेक्का हुनेगरि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय लाई सहमती प्रदान गरेको थियो ।
सो सडक स्तरोन्नती नहुँदा सिन्धुकोट देखि थाक्ले सम्म आवतजावत गर्न कठिनाई भएको छ । अव सो सडक बने पश्चात सिन्धुकोट देखि मेलम्ची जानको लागी समेत छोटो दुरी हुने छ । ठेक्का लागिसकेपश्चात सो सडक २०८१ असोज सम्ममा बनिसक्ने छ ।
नेता परमात्मा नेपालको पहलमा यस अघि पनि बिभिन्न बिकास निर्माणका कामहरु हुँदै आएका छन । यस अघि सिन्धुकोटको माझीगाउँ छाप हुँदै मेलम्ची सम्मको बहुबर्षे सडकको ५ करोडको काम भएको छ । त्यस्तै प्रदेश बाट बिनियोजित रकम बाट नेपाल टोलमा ढलानको काम भइसकेको छ । नेपालकाे पहलमा आएका याेजनाले सिन्धुकाेटकाे विकासमा मद्दत पुगेकाे मेलम्ची ५ सिन्धुकाेटका वडा अध्यक्ष राजु रायमाझीले बताउनुभयाे ।
सिन्धुकोटसहित बाँसबारी, दुवाचौर लगायतका ठाउँहरुमा समेत बजेटहरु बिनियोजन भइ बिकास निर्माणका कामहरु भएकाे नेपालले जानकारी दिनुभयाे ।