सिन्धु भ्यालीलाई कृषिको पकेट क्षेत्र बनाउनुपर्छ : सांसद तामाङ 

* # विविध समाचार समाज सिन्धुपाल्चोक

सिन्धु भ्यालीलाई कृषिको पकेट क्षेत्र बनाउनुपर्ने बागमती प्रदेश सांसद कृष्ण कुमार तामाङले बताउनुभएको छ । कृषिको क्षेत्रलाई विकास गर्न बागमती प्रदेशबाट यसै वर्ष सिन्धु भ्यालीमा केही बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।

सिद्देश्वरी युवा क्लब मेलम्ची ५ द्वारा आयोजित तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले यस क्षेत्रको विकासको लागि आफू सँधै लागिपर्ने बताउनुभयो । अर्को आर्थिक वर्षमा यस क्षेत्रमा शीत भण्डार निर्माण गर्न बजेट बिनियोजन गर्ने तामाङले प्रतिवद्धता व्यक्त गर्नुभयो । बागमती प्रदेशले सबै निर्वाचन क्षेत्रमा प्राङ्गारिक मल उत्पादन कारखाना खोल्ने योजना बनाएको र यसले कृषकलाई मलको समस्याबाट मुक्त बनाउने उहाँले जानकारी दिनुभयो ।

साथै सिन्धु भ्यालीको जनताको सुख दुखमा सँधै उभिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । जग्गा व्यवस्थापन गरेमा सिद्देश्वरी युवा क्लवकाे भवन बनाउन आफू तयार रहेको उहाँको भनाई छ । ३ वटा सिँचाइ योजना खानेपानी योजना लगायतका योजनाहरू आफूले यस वर्ष अघि सारेको तामाङले जानकारी दिनुभयो ।

तिजकाे अवसरको आयोजित साे कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तिज नेपालीहरूको संस्कार भएको बताउनुभयो । हिजाेकाे समयमा हिलाेमा भिजेर काम गर्दा थकित शरिरलाई आराम गर्ने पर्व पनि तिज भएको तामाङको भनाई छ । कार्यक्रम क्लबका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply