नवनियुक्त राजदुत कपिलमान श्रेष्ठलाई ईन्द्रावती ४ द्धारा सम्मान

* # समाचार समाज सिन्धुपाल्चोक

दक्षिण अफ्रिकाको लागी नवनियुक्त राजदुत प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठलाई ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ ले सम्मान गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरीएको वडा सचिव मदन कुमार भट्टराईले जानकारी दिनुभयो ।


सम्मान कार्यक्रममा ईन्द्रावती गाउापालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङले राजदुत श्रेष्ठलाई आफ्नै भूमीमा सम्मान गर्न पाउनु खुसिको कुरा भएको बताउनुभयो । उहाँको योगदान र योग्यताको कदर भएको तामाङको भनाई छ । यो सफलता सिँगो ईन्द्रावती गाउँपालिका वासिको लागी गौरवको कुरा भएको बताउनुभएको छ ।


सम्मान ग्रहण पश्चात प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठले नवलपुरसंग आत्मीयता र पुर्खाको ईतीहास जोडीएको बताउनुभयो । आफ्नो पूर्खाको भूमीमा यो सफलताको खुसि साट्न पाउनु खुसिको कुरा भएको श्रेष्ठले बताउनुभयो । यही ठाँउमा आफु नजन्मेपनि यो ठाउँमा आईपुग्दा स्वर्गीय आनन्द हुने प्राडा श्रेष्ठको भनाई थियो ।


सोही अवसरमा वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले राजदुत श्रेष्ठलाई सम्मान गर्न पाँउदा अत्यन्तै खुसि लागेको बताउनुभयो । राजदुत श्रेष्ठको सामाजीक न्याय, मानव अधिकार र शैक्षिक क्षेत्रको योगदानको कदर भएको वडा अध्यक्ष तामाङको भनाई थियो ।


सम्मान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकका सभापती राजेन्द्रमान ताल्चाभंडेल, वडा नम्बर ८ का वडा अध्यक्ष दिलकुमार श्रेष्ठ, वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे, वडा सदस्य रेशम बहादुर तामाङ लगाएतको उपस्थीती रहेको थियो ।

Leave a Reply