संघ र प्रदेश सरकार अन्तर्गत पर्ने मेलम्ची देखी तालामाराङ सम्मको सडक मेलम्ची नगरपालिकाले मर्मत सम्पन्न गरेको छ ।
संघ र प्रदेशले वेवास्ता गरेपछि स्थानियको समस्यालाई मध्यनजर गर्दै नगरपालिका आफैँले अग्रसर भएर काम गर्न निर्देशन दिएको नगरप्रमुख श्री आइतमान तामाङले बताउनुभयो । नगरपालिकाको अन्य सडकहरू पालिकाले हेर्ने गरे पनि मुख्य सडक हेर्ने दायित्व सडक डिभिजन कार्यालयको भएको प्रमुख तामाङले बताउनुभयो ।
मर्मत पश्चात उक्त सडकको नगरप्रमुख आइतमान तामाङ, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, शिक्षा अधिकृत सुदिन राज बुढाथोकी, इन्जिनियर शंकर गिरी, वातावरण अधिकृत सुजन दुलाल लगायतले निरीक्षण गर्नुभएको थियो ।