मेलम्ची खानेपानी समक्ष पाँचपोखरीको ध्यानाकर्षण, माग सम्बोधन नभए काम रोक्ने चेतावनी

* अन्तरबार्ता समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना अन्र्तगत दोश्रो चरणको याङरी, लार्के खानेपानी योजना निर्माणको क्रममा प्रत्यक्ष प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्ना मागहरु सम्बोधन हुनुपर्ने बताउँदै शुक्रबार मेलम्ची खानेपानी बिकास समितिको ध्यानाकर्षण गराएको छ ।

गाउँपालिका अध्यक्ष टासि लामा लगायतका जनप्रतिनिधीहरुको उपस्थितीमा मेलम्ची खानेपानी बिकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ लाई विभिन्न माग सहित ध्यानाकर्षण पत्र बुझाईएको गाउँपालिकाका प्रबक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।

आयोजना निर्माणको क्रममा गाउँपालिका अन्र्तगतको मेलम्ची दाउचेत केउरेनी बासखर्क याङरी सडक कालोपत्रे गर्नुपर्ने, गाउपालिका केन्द्र सडक कालोपत्रे गर्नुपर्ने, मेलम्ची भोताङ लार्केसम्मको सडक कालोपत्रे हुनु पर्ने, बिभिन्न स्थानमा पक्कि पुल बनाउनुपर्ने, खानेपानी बिकास बोर्डमा अनिवार्य प्रतिनिधित्व हुनुपर्ने, खानेपानी वापत प्राप्त हुने रोयल्टीको पहिलेनै न्यायोचित निर्धारण हुनुपर्ने र बिगतमा मेलम्ची खानेपानी बिकास समिति र गाउँपालिका बिच भएको सम्झौता पुर्ण कायान्वयन हुनु पर्ने मागहरु समाबेश गरि ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष लामाले बताउनुभयो ।

आयोजना निर्माणको क्रममा गाउँपालिकाले पेश गरेको मागहरुको उचित सम्बोधन नभए आयोजना निर्माणको कामलाई अबरोध गर्न पनि पछि नहट्ने उहाँको भनाई छ ।

Leave a Reply