नेपालि कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सभापति आईतमान तामाङले पार्टीको संगठन बचाउन संधै लागिपरेको बताउनुभएको छ । पार्टीको हरेक तहमा रहीरहँदा संगठन बचाउने काममा संधै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रिय परिपत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिति द्वारा आयोजित नेपाली कांग्रेस विशेष आन्तरिक अभियान २०–३० श्रावण २०८० कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमको अवसरमा बोल्दै सभापति तामाङले सानोदेखी ठुलो जुनसुकै तह र तप्कामा रहेपनि संगठनप्रतिको माँया हुनुपर्ने बताउनुभयो । पार्टीको संगठन आज यहाँसम्म आउनुमा नेतृत्व गर्ने र सघाउने सबैको भूमिका उत्तिकै रहेको उहाँले बताउनुभएको छ । गत निर्वाचनमा राम्रो परीणाम ल्याउन सफल भएको उहाँले बताउनुभयो । पार्टीले विश्वास गरेका उम्मेद्वारहरुलाई जिताउन क्षेत्र नम्बर २ संधै तत्पर रहेको उहाँले बताउनुभयो ।
नेपालि कांग्रेस सिन्धुपाल्चोकले सांगठनिक सुदृढिकरणका लागि आन्तरीक अभियान अन्तर्गत आज एक कार्यक्रम गरेको छ । जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा संगठनलाई कसरी सुदृढ र मजबुत बनाउन सकिन्छ भन्नेमा जिल्लाका विभिन्न तहमा रहेका नेताहरूले धारणा राखेका थिए ।