रेडियो मिसन ।
ऐसेलुखर्क माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागी निशुल्क पोषाक वितरण गरिएको छ । विद्यालयमा आज एक कार्यक्रमका बिच रङजुङ यसे सेनपेन संस्थाको सहयोगमा उपलब्ध भएका विद्यालय पोषाक वितरण गरिएको हो ।

कार्यक्रममा सहयोगी संस्थाका संयोजक तथा प्रमुख अतिथी लोपेन पेमा दोर्जेले विद्यालयका अध्यक्ष मिना थापाको अनुरोधमा पोषाक वितरण गरिएको बताउनुभयो । साथै थापाले गर्नुभएको दिवा खाजाको विषयमा संस्थामा निर्णय गरिने रहाँको भनाई छ । अहिले, अर्डर गरेका मध्ये दुई सय सेट मात्र पोषाक तयार भएको र बाँकि एक हप्ता भित्र उपलब्ध गराउने उहाँले बताउनुभयो । साथै संस्थाका संस्थापक छ्योकी डिमा रिम्पोर्छेको जन्मदिनको अवसर पारेर विद्यालयलाई उक्त सहयोग गरेको पनि लोपेन, पेगा दोर्जेले प्रष्ट पार्नभयो । यस अवसामा संस्थाले काठमाडौमा रक्तदान, वृक्षारोपण सडक मानव भोजन तथा बाल आश्रममा रात्रिकालिन भोजनको कार्यक्रम पनि गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । विद्यालय तहबाटै अहिंसाको कुराहरुमा जोड दिनुपर्ने बताउँदै उहाँले, शिक्षा सँगै, अहिंसाको ज्ञान दिन पनि विद्यालयका शिक्षक शिक्षिकाहरुलाई आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति मिना थापाले, विद्यालय व्यवस्थापन समितिले विद्यालय सुधारका लागी काम गर्ने बताउँदै समितीको योजना र कार्यक्रमलाई सबैले सहयोग गर्ने आशा रहेको बताउनुभयो । आफू नेतृत्वमा आएपछि पहिलो प्रयास स्वरुप उक्त संस्था सँग समन्वय गरी निःशुल्क पोषाक वितरण गरिएको बताउदै उहाँले, दिवा खाजाको लागी सरकारले छुट्याएको १५ रुपैयाँ रकम निकै न्यून रहेकोले यसका लागी पनि सहयोगी हातहरूसँग समन्वयको प्रयास भइरहेको बताउनुभयो ।साथै विद्यालयको पोषाकलाई संरक्षण र सदुपयोग गर्न पनि उहाँले विधार्थीहरुलाई अनुरोध गर्नुभयो ।

वडा नम्बर ५ का बडा सदस्य कृष्ण सञ्जेलले विद्यालयमा कृषि धारको पढाइलाई सुरु गरेको प्रति खुशी व्यक्त गर्दै उक्त विषय यस भेगमा जिवनोपयोगी रहेकोले, गुणस्तरीय तथा निन्ताता दिनुपर्ने बताउनुभयो । कृषि अभियानता राम प्रसाद गौतमले आफ्नो क्षेत्र कृषि रहेकोले यसै विद्यालयमा समय मिलाएर केहि कक्षाहरु लिन सहयोग गर्ने बताउनुभयो । अफूले यति गर्न सबै मात्रै आफ्नो अभियानले सार्थकता पाउने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद ओझाले सहयोगगी संस्था प्रती धन्यवाद ज्ञापन गर्दै सहयोग पाउनु विद्यालयको लागी अहोभाग्य रहेको बतउनुभयो । साथै विद्यालयको स्रोत न्यून रहेकोल के निरन्तर सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष मिना थाापा, शिक्षक अभिभावक समितीका अध्यक्ष गणेश तामाङ, रङजुङ यसे सेनपेनका कार्यक्रम संयोजन लोपेन पेमा दोर्जे, वाडा सदस्य कृष्ण सञ्जेल, कृषि अभियानता रामप्रसाद गौतम, पत्रकार, विद्यार्थी, अभिभावक लगायतको उपस्थिती रहेको कार्यक्रममा सहयोगी सँस्थाका संयोजक लोपेन पेमा दोर्जेलाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरिनुका साथै संस्थाका प्रतिनिधीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।


