तिपेनी । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ६ मा रहेको सामुदायिक विद्यालय थाङ्पालधाप मा.विका विद्यार्थीहरुले स्मार्ट कार्ड मार्फत हाजिरी गर्न सुरु गरेका छन । प्रविधी मैत्री विद्यालय विकासको निमित्त विद्यार्थीहरुको विधुतिय हाजिरी मार्फत दैनिक हाजिरीको सुरुवात गरिएको छ । यो जिल्लामै पहिलोपटक अभ्यास गरिएको बिद्यालयले जनाएको छ ।
बिद्यालयले शैक्षिक सत्र २०८२ को लागि ७ ओटा लक्ष्य तोकेर अघि बढेको र त्यस लक्ष्य अन्तर्गत प्रविधि मैत्री विद्यालय तथा शिक्षण सिकाईको लागि भेटे हाजिरी सुरुवात गरिएको विद्यालयको शिक्षक नवीन श्रेष्ठले जानकारी दिनुभयो ।
अनुशासन, समर्पण र दृढ संकल्प भन्ने मूल नारा सहित उक्त लक्ष्य प्राप्तिका लागि अघि बढेको उहाँको भनाइ छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका भित्रका सबै शिक्षकको हाजिरी डिजिटल माध्यबाट भईसकेको र विद्यार्थीका लागि थाङपाल धाप माविबाट शुरूवात भएको गाँउपालिकाका सुचना प्राविधि अधिकृत नारायण क्षेत्रीले जानकारी दिनुभयो ।
यस आर्थिक बर्षमा सबै विद्यालयमा डिजिटल माध्यमबाट हाजिरि सुरु गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।