हेलम्बु गाउँपालिकाको ग्याल्थुममा अवरुद्ध सडक सञ्चालन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

अविरल वर्षाका कारण अवरुद्ध हेलम्बु गाउँपालिका – ४ स्थित ग्याल्थुममा सडक सञ्चालनमा आएको छ । मेलम्ची–हेलम्बु सडक अन्तर्गत ग्याल्थुममा खोलाले कटान गरी सडक अवरुद्ध भएको थियो ।

हिजोदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । शेर्पाले गाउँपालिका अन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि सक्दो प्रयास गरीरहेको शेर्पाले जानकारी दिनुभयो ।


गाउँपालिकाले हिउँदको समयमा नदी नियन्त्रणका लागि गरिएका सबै प्रयास असफल भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । चनौटे, ग्याल्थुम र ढुङ्ग्रे बजारमा हालिएको ग्याबिन जालिसमेत बाढीले बगाएपछी आवतजावतमा समस्या भईरहेको छ ।


गाउँपालिकाको ढुङ्ग्रे बजारदेखि ग्यालथुम बजारसम्म र ग्याल्थुम बजारदेखि ग्याल्थुम पुलसम्म, चनौटेको बेलिब्रिजदेखि गणेश बगरसम्मको सडक खोलाका कारण बारम्बार बन्द हुने गरेको छ । तत्कालका लागि अस्थायी रुपमा सडक सञ्चालनमा ल्याउने प्रयास भईरहेको अध्यक्ष शेर्पाले बताउनुभयो । खोलाको अवस्था हेरेर बस्ती संरक्षण र सडक सञ्चालनका लागि आवश्यक पहल र प्रयास गरीरहेको उहाँले बताउनुभयो ।

Leave a Reply