रेडियो मिसन ।
अविरल बर्षाको कारण आएको पहिरोले अबरुद्ध भएको सडक सञ्चालनमा आएको छ । मेलम्ची १ र २ को सिमानामा आएको पहिरोको कारण अवरुद्ध सडक पुन सुचारु भएको हो । सडक सुचारु भएसँगै मेलम्ची नगरपालिकाका २, ३, ४ र ५ नम्बर वडाका नागरिकहरुले राजधानी काठमाडौ ओहोरदोहोर गर्न सहज भएको छ ।
बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर) ले स्थलगत अवलोकनमा गरी मेलम्ची नगरपालिकाका प्रमुख आइमान तामाङ र वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा सँगको समन्वयमा जेसिबी प्रयोग गरी स्थानीय प्रहरी प्रशासन, मेलम्ची नगरपालिकाका प्राबिधिक लगायत स्थानियबासिहरुको सहयोगमा पहिरो पन्छाए पछि अवरुद्ध सडक सञ्चालनमा आएको हो ।
अहिले बाटो सञ्चालमा आएपनि अझै पहिरोको जोखिम उच्च रहेकाले उक्त स्थानमा बिशेष सतर्कता अपनाई आवतजावत गर्न सांसद तामाङले सबैलाई अनुरोध गर्नुभयो ।
साथै उक्त स्थानको पहिरोको दीर्घकालीन समाधानको लागि बागमति प्रदेश सरकारबाट आर्थिक बर्ष २०८०/०८१ को लागि बजेट बिनियोजन भइसकेको र कार्यपुर्णताको लागि बागमती प्रदेश सरकार, संघिय सडक डिभिजन कार्यालय र मेलम्ची नगरपालिका सङ्ग समन्वय गरि सक्रियताको साथ पहल गर्ने उहाँले प्रतिबद्धता समेत जनाउनुभएको सांसद तामाङका स्वकीय सचिव सम्राट रावतले जानकारी दिनुभयो ।