रेडियो मिसन ।
अनौपचारिक भ्रमणमा रहनुभएका बागमती प्रदेशका संसद कृष्ण कुमार तामाङ (समिर) लाई दुबईमा रहेका नेपालीद्धारा सम्मान गरिएको छ । साथै संयुक्त अरव इमिरेट्स युएईमा रहेका नेपाली श्रमीकहरुको समस्या समाधानका लागी संसद कृष्ण कुमार तामाङलाई ज्ञापनपत्र पनि बुझाएको छ । नेपाली जनसम्पर्क समिती (यु.ए.ई) द्वारा आयोजित भेटघाट तथा सम्मान कार्यक्रमकोको अवसरमा सांसद तामाङलाई भेट गरी समस्या समाधानका लागी नेपाल सरकार समक्ष पहल गरिदिन ज्ञापनपत्र पनि बुभाएको हो ।
शनिबार दुवईमा भएको कार्यक्रमको प्रमुख आतिथि रहनुभएका सांसद तामाङले ज्ञापनपत्र बुझदै त्यहाको समस्याहरु समाधान गर्नको लागि आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभएको तामाङका सचिवालय सदस्य सम्राट राउतले जानकारी दिनुभयो । । साथै आफ्नो अनौपचारिक भ्रमणको क्रममा समेत नेपालीहरुले देखाएको माया, सद्भाव र सम्मान प्रती आभार ब्यक्त गर्दै गर्नुभयो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिती युएई का प्रमुख सल्लाहकार एवं गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्वका संयोजक मनोज गोर्खाली ज्युको बिशिस्ट आतिथ्यतामा, नेपाली जनप्रगतिसिल मन्चका प्रमुख बाबुराम बिस्वकर्मा ज्यु ,NRNA युएईका अध्यक्ष बिकास शाही ज्यु र NRNA युएईका संरक्षक एवं निवर्तमान अध्यक्ष ठाकुर प्रसाद ढुंगानाको विशेष आतिथ्यता,नेपाली जनसम्पर्क समिती युएईका महामन्त्री हरि खड्का, नेपाली जनसम्पर्क समिती युएईका सह-महामन्त्री द्वय प्रताप सिंह तामाङ ज्यु र तुलसिराम भुसाल, ICC सदस्य पुष्कर सापकोटा, मणि भुर्तेल ज्यु, NRNA युएईका महासचिव भुवन कुमार वाग्ले, जनसम्पर्क समिती युएई का सल्लाहकार कृष्ण गौतम, राजेन्द्र अधिकरी र युएईमा बसोबास गर्नुहुने नेपाली महानुभावहरुको उपस्तिथि रहेको थियो ।