मेलम्ची खोलामा रहेको झोलुङ्गे पुल, मेलम्ची दोभानटारका बस्ति र बजारका बस्ति संरक्षणका लागि मेलम्ची नगरपालिकाले काम थालेको छ ।
मेलम्ची बजारको झोलुङ्गे पुलमुनीबाट नदि नियन्त्रण तथा बस्ति संरक्षणका काम थालिको नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । दिन प्रतिदिन नदिले धार परिवर्तन गरि पुल र बस्ति उच्च जोखिममा रहेकाले संरक्षणका लागि मेसिन लगाएर काम सुरु गरेको छ । अहिले २ वटा मेसिनले धमाधम काम गरिरहेको छ ।
विगतको सरकारले पनि बस्ति संरक्षण तथा जोखिम न्युनिरकणका लागि भनेर २ करोड ५० लाख विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम भएपनि अहिले त्यो लगानी खोलाले बगाएको छ । स्थानियको माग र आवश्यकताको आधारमा नदि नियन्त्रणको काम थालेको प्रमुख तामाङले बताउनुभयो ।