नेपाली कांग्रेस “विशेष आन्तरिक अभियान २०८०” कार्यक्रम मेलम्चीमा सम्पन्न

* # पालीका खबर राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन


नेपाली कांग्रेस केन्द्रिय परिपत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ कार्यसमिति द्वारा आयोजित नेपाली कांग्रेस विशेष आन्तरिक अभियान २०–३० श्रावण २०८० कार्यक्रम आज (मंगलबार) मेलम्चीमा सम्पन्न भएको छ । क्षेत्रीय कार्यसमितिद्वारा आयोजित कार्यक्रममा संगठनलाई कसरी सुदृढ र मजबुत बनाउन सकिन्छ भन्नेमा जिल्लाभरका विभिन्न तहमा रहेका नेताहरूले आ–आफ्नो धारणा राखेका थिए ।


नेपालि कांग्रेसले १४ औं अधिवेशन पछि भएको निर्वाचनमा अब्बल सावित गराउन आम नेता तथा कार्यकर्ताको भुमिकाको विषयमा पनि चर्चा भएको थियो । केन्द्रीय कमिटिको परीपत्र अनुरूप केन्द्रीय प्रतिनिधि तिर्थ पसखल तथा प्रदेश प्रतिनिधिहरूले साउन २० देखि ३० गतेसम्म तोकिएको क्षेत्र तथा प्रदेशमा रहेर सांगठनिक विवरण केन्द्रमा लैजाने क्षेत्रीय सभापति आईतमान तामाङले बताउनुभयो ।


सिन्धुपाल्चोकका लागि केन्द्रीय प्रतिनिधि तिर्थ पसखलालाई तोकिएको छ । उहांले समग्र जिल्लाको बस्तुस्थिति बुझि सुधारका उपाय सहितको रिपोर्ट केन्दमा लैजाने बताउनुभएको छ । साथै प्रदेश प्रतिनिधिहरूले पनि रिपोर्ट प्रदेश कार्यसमितिमा लैजाने छन् ।


कार्यक्रममा जिल्ला सभापति जंग बहादुर लामाले गुट र उपगुटको राजनितीले पार्टीको संगठनमा असर गरीरहेको सिन्धुपाल्चोकमा अहिले गुट र उपगुट रहित कांग्रेस मात्र रहेको बताउनुभएको छ । काम गर्नेलाई पार्टीमा स्थान दिईने अब गुट तथा उपगुटको प्रक्रिया अन्त्य गर्नुपर्ने तथा पदमा रहेका तथा नरहेका सबैले आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नुपर्ने उहाँको भनाई छ ।

प्रशिक्षणका लागि हरेक वडा कमिटिले आयोजना गरको खण्डमा जिल्ला कार्यसमितिले साथ दिने भातृ संस्थाहरूका प्रतिनिधि कार्यक्रममा नआउनु पार्टीको निति विपरित रहेको आफ्नो दायित्व पुरा गर्ने सबै तहका नेता तथा कार्यकर्तालाई जिल्ला कार्यसमितिले सहयोग गर्ने बिधान सम्मत रूपमा पार्टी सञ्चालन हुने सभपति लामाले बताउनुभयो । साथै सिन्धुपाल्चोकमा बजेट पठाउने काममा पार्टीको साथ रहेको उहाँको भनाई छ ।


त्यस्तै क्षेत्रीय सभापति आईतमान तामाङले मन नमिल्नेहरूको समुह फरक रहने तर पार्टीगत रूपमा कसैले कसैलाई असफल बनाउन लाग्न नहुने बताउँदै हिजोको दिनमा रहेको तिक्तता हटाई मनमा रहेका तितामिठा कुराहरू त्यागेर एकबध्द भएर आगामि निर्वाचनमा पार्टिलाई बलियो बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । निस्क्रिय रहेकाहरूलाई चलायमान बनाई संगठनभित्र रहेको नराम्रा कुरा हटाएर राम्रो कुराको अनुशरण र पार्टीको भातृ संस्थाका केन्द्रीय सदस्यहरू कार्यक्रममा नआउने प्रचलनको अन्त्य र गांउटोलमा बसेर संगठन बनाउन छाडेर नेताको घरघर जाने प्रकिया गलत रहेको उहाँले बताउनुभयो ।


पार्टीको पदमा रहि भातृ संगठनमा गएकाहरूलाई हालको पदमात्र क्षेत्रीय कार्यसमितिले मान्ने र कांग्रेस सुध्रनको लागि हिजोका कुरा बिर्सिएर भोलिको दिनको लागि लाग्नुपर्ने साथै जसको कमि कमजोरी छ उ सच्चिएर जानुपर्ने उहाँको भनाई छ ।
बजेटमा प्रदेश तथा केन्द्रले उपेक्षा गरेको बताउँदै तामाङले भातृ तथा शुभेच्छुक संस्थाहरूको कार्यसमिति चलायमान बनाउन र समयमा अधिवेशन गराउन पार्टी नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै पार्टीको जुनसुकै व्यक्ति उम्मेदवार भएपनि जिताउन लाग्नुपर्ने बताउँदै आफुले टिकट पाएन भन्दैमा असहयोग गर्ने बानिको अन्त्य गर्नुपर्ने उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सिन्धुपाल्चोक १ प्रदेश सभा ख का प्रतिनिधि कोकिल मगर, सिन्धुपाल्चोक २ प्रदेश ख का प्रतिनिधि शान्ता थापा क्षेत्री, सिन्धुपाल्चोक २ प्रदेश क का प्रतिनिधि बिक्रम तामाङ, जिल्ला प्रतिनिधि दिपेन्द्र आचार्य लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम केन्द्रिय प्रतिनिधि तिर्थ पसखलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Leave a Reply