रैथानेस्वर महादेव मन्दिरमा तरुणदल र खेलकुद संघद्वारा सरसफाइ तथा स्वंसेवक सहयोग

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रैथाने ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका स्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रैथानेस्वर महादेव मन्दिर परिसरमा लाग्ने जनैपूर्णिमा जात्रालाई थप मर्यादित र सुव्यवस्थित बनाउन सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ सिन्धुपाल्चोक क्षेत्र नं. २ तथा नेपाल तरुण दल पाँचपोखरी थाङपाल गाउँपालिकाको संयुक्त आयोजनामा मन्दिर वरपरको क्षेत्रमा स्वयंसेवक परिचालन गरी सरसफाइ कार्य गरिएको हो।
कार्यक्रममा नेपाली काङ्ग्रेस पाँचपोखरी थाङपाल सभापति प्रेम दोङ, लोकतान्त्रिक खेलकुद महासंघ सिन्धुपाल्चोक -२ का अध्यक्ष प्रकाश बस्नेत, तरुण दल पाँचपोखरी थाङपाल -४ का अध्यक्ष अनिल तामाङ , प्रकाश सापकोटा लगायत नेता कार्यकर्ता कार्यक्रममा सहभागी थिए ।
यस पहलले जात्रामा आगन्तुकहरूलाई स्वच्छ वातावरणमा धार्मिक आस्था प्रकट गर्न सहज हुने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।

Leave a Reply