भिमटार । पहिरोको कारण अवरूद्व भएको इन्द्रावती १२ भिमटारको सडक सुचारू भएको छ । पहिरोका कारण हिजो ७स्१५ बजे देखि अवरूद्व भिमटार स्थित नवलपुर भिमटार भीत्री सडक खण्डमा पहिरोका कारण बाटो दुईतर्फि अबरूद्व भएको थियो ।
जेसिवि को प्रयोग गरेर सडक सफा गरेसंगै अवरोध हटेको इन्द्रावती ७ का वडा अध्यक्ष रविन्द्र कुमार खातीले जानकारी दिनुभयो । अब सिपाघाट भिमटार देउराली खण्डको सडकमा कुनै अवरोध नभएको र सडक खुला रहेको उहाँले जानकारी दिनुभयो । वडा नं ७ र १२ का वडा अध्यक्षको सक्रियतामा बाटो खुलाइएको हो ।
