सिन्धुपाल्चोक जिल्लाभर बाढी तथा पहीरोका कारण ठाँउठाँउमा बाटो बन्द हुने तथा खोलाले कटान गरेको छ ।
ईन्द्रावती गाउँपालिकाको सिपाघाट भिमटार देउराली खण्डको सडकमा कुनै अवरोध नभएको र सडक खुला रहेको वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र कुमार खातीले जानकारी दीनुभयो ।
फोटो : ईन्द्रावती ७ का वडा अध्यक्ष रविन्द्र खातिको फेसबुकबाट साभार गरीएको हो ।
मेलम्चीबाट हेलम्बु जाने सडकको मेलम्ची ११ स्थीत सिमखेतमा खोलाको कारण बन्द भएको बाटो खुलेको छ । हिजो साँझ करीव ५ बजेदेखी बन्द रहेको बाटो मेलम्ची नगरपालिकाको जेसिवि प्रयोग गरेर बाटो खुलाईएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो ।
फोटो :सामाजिक सञ्जालबाट साभार गरीएको हो ।
हेलम्बु गाउँपालिकाका वडा नं १,२,७ र ३ वडाहरुमा जाने सहायक सडक बीच बीचमा पहिरोले अवरुद्ध भएकोमा पालिकाको स्काभेटर तयारी हालतमा रहेकाले सडक खुलाउने काम गरीने गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दीनुभयो ।
फोटो : हेलम्बुका स्थानिय बल्सित खड्काको फेसबुकबाट साभार गरीएको हो ।
यसैगरी पाँचपोखरी थाङपाल गाउँपालीका अध्यक्ष टासी लामाले आवतजावतका लागी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ । मेलम्ची भोताङ सडकखण्डको उत्तिसघारीमा पहीरोका कारण सडक अवरुद्ध भएको छ ।
फोटो : राजन भुजेलको फेसबुकबाट साभार गरीएको हो ।
सिन्धुपाल्चोक जिल्ला भएर बग्ने मेलम्ची, इन्द्रावती, सुनकोशी, ब्रमायणी, भोटेकेशी लगायत ठुला तथा सहायक नदिमा पानिको बहाव बढ्दा नागरीकहरुमा त्रास बढेको छ । नदि तटिय क्षेत्रमा सजगता अपनाउनुपर्ने मौसमविदहरुले बताएका छन् ।
फोटो :सामाजिक सञ्जालबाट साभार गरीएको हो ।