सिन्धु काँग्रेसबाट २ जना पत्रकार प्रदेशमासभामा सिफारिस

* # समाचार सिन्धुपाल्चोक

नेपाली काँग्रेस , सिन्धुपाल्चोकले जिल्लाका २ जना क्रियाशील पत्रकारलाइ प्रदेश निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । काँग्रेसले १ जनालाइ प्रत्यक्ष तर्फ र १ जनालाई समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरेको हो ।

संसदीय मामिला पत्रकार समुहका सचिव विष्णु खड्कालाई काँग्रेसले प्रतिनिधि सभा २, प्रदेश ख को लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । यसअघि एपिवान टेलिभिजनमा बरिस्ठ सम्बाददाताको रुपमा कार्यरत खड्का हाल नेपाल नेटवर्क टेलिभिजन ( ल्ल्त्ख्)मा समाचार संयोजकको रुपमा कार्यरत हुनुहुन्छ ।

त्यस्तै प्रतिनिधि सभा १ को प्रदेश ख मा पत्रकार चित्रकुमार मिजार समानुपातिक तर्फबाट उम्मेदवार सिफारिस हुनुभएको छ । हाल गोरखापत्र दैनिकका सिन्धुपाल्चोक सम्बाददाताको रुपमा कार्यरत मिजार काँग्रेसकै कोटाबाट भुमि समस्या समाधान आयोग, सिन्धुपाल्चोकको सदस्य समेत हुनुहुन्छ ।

Leave a Reply