मेलम्ची नगरपालिकाले खुलायो मेलम्ची हेलम्बु राजमार्गको अवरुद्ध सडक

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्चीबाट हेलम्बु जाने सडकको मेलम्ची ११ स्थीत सिमखेतमा खोलाको कारण बन्द भएको बाटो खुलेको छ । हिजो साँझ करीव ५ बजेदेखी बन्द रहेको बाटो मेलम्ची नगरपालिकाको जेसिवि प्रयोग गरेर बाटो खुलाईएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । बिहान ७ बजेदेखी नै नगर प्रमुख सहीतको टीमले बाटो खुलाएको हो । बाढीको वहाव बढेकोले तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियलाई सतर्कता अपनाउन नगर प्रमुख तामाङले अनुरोध गर्नुभएको छ ।

सिन्धुपाल्चोक जिल्ला भएर बग्ने मेलम्ची, इन्द्रावती, सुनकोशी, ब्रमायणी, भोटेकेशी लगायत ठुला तथा सहायक नदिमा पानिको बहाव बढ्दा नागरीकहरुमा त्रास बढेको थियो । नदि तटिय क्षेत्रमा सजगता अपनाउनुपर्ने मौसमविदहरुले बताएका छन् ।
हेलम्बु गाउँपालिकाका वडा नं १,२,७ र ३ वडाहरुमा जाने सहायक सडक बीच बीचमा पहिरोले अवरुद्ध भएकोमा पालिकाको स्काभेटरले बाटो खुलाउने कार्य भएको र उक्त स्काभेटर तयारी हालतमा राखी सडक खुलाउने कार्य भइराखेको गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दीनुभयो ।


यसैगरी पाँचपोखरी थाङपाल गाउँपालीका अध्यक्ष टासी लामाले बाढीको वहाव बढेकोले तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियलाई सतर्कता अपनाउन अनुरोध गर्दै आवतजावतका लागी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गर्नुभएको छ । मेलम्ची भोताङ सडकखण्डको उत्तिसघारीमा पहीरोका कारण सडक अवरुद्ध भएको छ ।

सिमखेतको बाटो खुलेसँगै हेलम्बु आवतजावतमा सहजता भएको छ । स्नातक दोस्रो बर्षका विद्यार्थीहरुलाई सडक अवरुद्ध हुँदा परीक्षा दीन आउन अन्यौलता भएको थियो भने आज त्यो समस्या हल भएको छ ।

Leave a Reply