रेडियो मिसन ।
साँखु, जर्सिंङ्गपौवा मेलम्ची सडक अन्तर्गत छाप भन्ज्याङ फट्केश्वर खण्डको मर्मत तथा ग्रावेल गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । अब थोरै काम मात्रै बाँकी रहेकोले एकदुई भित्रै सञ्चालनमा आउने नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

उक्त सडक खण्ड अन्तर्गत १८ सय मिटर ग्रावेल ४ किलोमिटर नालीको मर्मत लगायत अन्य कार्य गर्न इ बेट मार्फत ठेक्का आव्हान गरेकोमा चौकी भन्ज्याङ विल्डर्स कम्पनी प्रा.लि.ले उक्त ठेक्का हात पारेको थियो ।

नगरपालिका र सडक बोर्डको साझेदारीमा ३५ लाख बराबरको लागतमा ठेक्का मार्फत श्रावण मसान्त भित्र सम्पन्न हुने गरी निर्माणभै रहेको उक्त सडक अन्तिम चरणमा पुगेको हो । प्रदेश र संघले वेवास्ता गरेपछि नगरप्रमुखको बिशेष पहलमा उक्त सडक मर्मत तथा ग्रावेलिंङ गर्ने कार्य शुरु गरेको हो ।

अब छिट्टै पिच गर्न श्रोत सुनिस्चित लागि सम्बन्धित निकायहरुमा विशेष पहल र छलफल जारी रहेको नगरपालिकाले जनाएको छ ।