रेडियो मिसन ।
सिन्धुपाल्चोकका दुई जना क्रिकेट खेलाडीहरुलाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी (शान्तिनगर बानेश्वर) संग ६ महिने निशुल्क प्रशिक्षणको लागी सम्झौता भएको छ ।


जिल्ला क्रिकेट संघको समन्वय र जिल्ला खेलकुद समितिको रोहबरमा पाँचपोखरी थाङ्गपाल गाउँपालिका ३ का करण स्याङ्बो र मेलम्ची नगरपालिका १ का निश्चल थापालाई आज एक कार्यक्रमका बिच प्रशिक्षणको लागी पठाउने सम्झौता भएको जिल्ला कृकेट संघ अध्यक्ष बिजयकुमार धितालले जानकारी दिनुभयो ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै एकेडेमीका सञ्चालक सुदिप शर्माले पहिला जस्तै सिन्धुपाल्चोकको खेलाडीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि समन्वय भइरहेको र संघले जिल्लाका प्रतिभावान् खेलाडीहरुलाई देशका बिभिन्न क्लब तथा एकेडेमीहरु तथा भारतमा समेत प्रशिक्षणका लागी पठाउन सहयोग गर्ने संघका उपाध्यक्ष राजन धितालको भनाई छ ।
कार्यक्रममा जिल्ला खेलकुद समिति कोअध्यक्ष सुरेश रानाले क्रिकेट संघले खेलाडी उत्पादन को लागि धेरै राम्रो शुरुवात गरेको र आउने दिनमा पनि खेलकुद विकास समितिले सहयोग र समन्वय गर्ने बताउनुभयो ।
संघले यस अघि पनि पाँचपोखरीका दुई जना खेलाडीलाई प्रशिक्षणका लागी भारत पठाइसकेको छ ।