सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने मुल नारा सहित मेलम्चीले ६६ औँ राष्ट्रिय सहकारी दिवस मनायो

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिकाले सहकारीको दिगोपनः स्वनियमन र सुशासन भन्ने मुल नारा सहित ६६ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । मेलम्ची नगरपालिका सहकारी विकास शाखाको आयोजनामा भएको कार्यक्रममा र्याली तथा समिक्षात्मक अन्तरक्रिया गोष्ठी गरिएको नगरपालिका सहकारी विकास शाखाका प्रमुख सोम थोकरले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारिलाइ नगर पालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले सहकारीलाई उकास्नका लागि नगर पालिकाले पनि आफ्नो दायित्व पुरा गर्नुपर्ने भन्दै सहकारी बाट आएका गुनासोको सम्बोधन गर्ने बताउनुभयो ।

सहकारिमा कर्जा लगानी गर्दा सुरक्षित हुन्छ हुँदैन त्यो कुरामा ध्यान दिनु पर्ने भन्दै नगर प्रमुख तामाङले नगरपालिकामा हाल सम्म १६२ वटा क्रियाशिल सहकारी रहेको उल्लेख गर्नुभयो । उहाँले निस्कृय रहेको सहकारीको अनुगमन गरि आबश्यक कारबाहि गर्न आग्रह गर्नुभयो । सहकारिका लागि आबश्यक क्षमता वृद्धि तालिमहरु संचालन गर्नेमा आफू प्रतिबद्ध रहेको तामाङको भनाई थियो ।

कार्यक्रमकी विशेष अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले आफु लाई यो स्थान सम्म ल्याउन सहकारीले निकै ठुलो भूमिका खेलेको बताउनुभयो । उहाँले सहकारी मार्फत नेतृत्व विकास हुने बताउँदै कार्यक्रममा महिलाको सहभागिता देखेर खुशि ब्यक्त गर्नुभयो । उहाँले दर्ता भएका सहकारीलाई नियमपूर्वक सञ्चालन गर्न आग्रह गर्दै कुनै समस्या भएमा नगरपालिका सँग सहयोग माग्न आग्रह गर्नुभयो । उहाँले महिला सहकारी लाई मर्ज गर्ने भन्दा पनि एक वडामा एक महिला सहकारी आवश्यक रहेको बताउँदै यस्ले महिलाहरुलाइ आत्मनिर्भर हुन मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारीका अध्यक्ष मित्रलाल चौलागाईंले सहकारी अभियान्ता भनेर हिँडी रहँदा सहकारी सम्बन्धी सबै ऐन, नियम, कानुन बुझ्नु पर्ने बताउनुभयो । उहाँले सहकारी संचालनमा केही कमजोरी भएमा हामी जेल जान पर्ने अवस्था सिर्जना हुने भन्दै सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यहरु सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो । सहकारीको आयव्यय कति छ, सेयर सदस्य कति छन् जस्ता सामान्य जानकारी सहकारीको अध्यक्ष वा प्रबन्धकमा हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा तेर्से सामुदायिक कृषि सहकारीकी अध्यक्ष सुनिता पराजुलिले मेलम्ची नगरपालिकाले नगरपालिका भित्र संचालित सहकारी हरुको नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले एउटा घुम्ती सहकारी संचालन गरि सहकारी सेवामा टेवा पुर्याउने कुरामा आशावादी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धितालले कार्यक्रमको उद्धेश्यबारे प्रस्ट पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियो भने प्रशासकिय अधिकृत झपेन्द्र खरेलले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ जिल्ला उपाध्यक्ष रामकृष्ण चालीसे, २ नम्बर वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा लगायतले पनि मन्तव्य राख्नुभयो

नगरपालिकाको हलमा भएको कार्यक्रममा उज्ज्वल तारा महिला समुहले सहकारी सम्बन्धी गीति नाटक प्रस्तुत गरेको सहकारी विकास शाखाका प्रमुख सोम थोकरले जानकारी दिनुभयो । दिवसका अवसरमा मेलम्ची बजारमा प्रभातफेरी समेत गरिएको थियो ।

Leave a Reply