बन्नेनै भयो फट्टेमा पक्की पुल, आजबाट प्राबिधिक अध्ययन सूरु

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
मेलम्ची नगरपालिकाले फट्टेमा पक्कि पुल बनाउन अध्ययन सुरू गरेकाे छ । वडा नं. ११ र ७ जाेडिने गरी फट्टेमा पक्की पुल निर्माण गर्न नगर कार्यपालिकाकाे निर्णय भएसंगै बिस्तृत प्राबिधिक अध्ययन सूरु भएको छ ।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकले निणर्य गरेपछि शनिबारबाट अध्ययन सूरु भएको हो । अध्ययनका लागि पुल्चोक इन्जीनियरिङ्ग क्याम्पसका सह -प्राध्यापक भरत मण्डलको टोली मेलम्ची आएको छ । टोलीले विस्तृत अध्यन गरेर परियोजना प्रस्ताब तयार गर्ने मण्डलले बताउनुभएकाे छ ।

संघ र प्रदेश सरकारले वेवास्ता गरेका कारण नगरपालिकाले आफ्नो श्रोतबाट पक्कि पुल निर्माण गर्न लागेको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । नगर प्रमुख तामाङका अनुसार पुल निर्माण पछि मेलम्ची नगरपालिकाको ११, ७ र ८ का साथै पाँचपोखरी १ र २ का साथै हेलम्बु गाउँपालिकाका अधिकांस भेगका बासिन्दाले लाभ लिन सक्नेछन् ।

मेलम्चीको पुर्वाधार निर्माण र समग्र विकासका लागि नगरले कुनै कसर बाकी नराख्ने नगर प्रमुख तामाङले बताउनुभयो । सिंगाे नगरकाे बिकास र समृद्धिका लागि सबै क्षेत्रमा नगरपालिकाले काम गरीरहेकाे उहांले बताउनुभयाे ।

अध्यनका  क्रममा पुर्व उपप्रमुख भगवती नेपाल, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, वडा अध्यक्षहरु वडा नम्बर ७ का पासाङ तामाङ, वडा नम्बर ८ का जितबहादुर दोङ, वडा नम्बर १० का अमृत खनाल र वडा नम्बर ११ का चन्द्रबहादुर तामाङ तथा मेलम्ची नगरपालिकाका लेखा अधिकृत मुरारी पुडासैनी, इन्जिनियर जितबहादुर कार्की लगायतकाे सहभागिता रहेकाे थियाे ।

२०७८ साल असार १ मा आएकाे बाढिले पक्कि पुल बगाएपछि हिँउदमा ह्युम पाईप राखेर यातायात सञ्चालन भएपनि बर्षायाममा भने नागरीकले दुःख पाउने गरेका छन् । मेलम्ची, पाँचपाेखरी र हेलम्बुका नागरीक पुल नबन्दा सास्ती भाेग्न बाध्य छन् ।

Leave a Reply