इन्द्रावती ४ को ढाँडेखोला बिमिरे खानेपानी आयोजना समुदायलाई हस्तान्तरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ४ बिमिरेमा निर्माण सम्पन्न ढाँडेखोला बिमिरे खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ ।

चेतनशिल प्रभाव नेपाल नामक संस्था, इन्द्रावती गाउँपालिका र वडा नं ४ को साझेदारिमा सम्पन्न खानेपानी योजना गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल र वडा अध्यक्ष क्षेत्र बहादुर तामाङको उपस्थितिमा हस्तान्तरण गरिएको हो । यस खानेपानी योजनाबाट बिमिरेका २२ घर खानेपानीको समस्याबाट मुक्त भएका छन ।

सो खानेपानी योजना २०७९ साल पुष २३ गते शुरू भएको थियो । चेतनशिल प्रभाव नेपालको ५ लाख ९२ हजार ३ सय ९१, गाउँपालिका बाट ३ लाख र वडा नं ४ बाट ४ लाख ५० हजार बजेट बिनियोजन भएको वडा नं ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले जानकारी दिनुभयो । खानेपानी योजनामा समुदायको २० प्रतिशत योगदान रहेको छ ।

कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इन्द्रावती ४ मा एक घर एक धारा अभियान चलाईरहेको जानकारी दिनुभयो । यहाँको जनताको जिवनस्तर कसरी उकास्न सकिन्छ भन्नेमा छलफल गरिरहेको उहाँको भनाई छ । यस ठाउँ खानेपानीको अभाव ग्रस्त ठाउँ रहेको र हाल खानेपानी पुगेसंगै नागरिकलाई सहज भएको नेपालले जानकारी दिनुभयो । गाउँपालिकाका नागरिकलाई कृषि, पशुपालन, शिक्षा र आयआर्जनमा जोड्न जरूरी रहेको उहाँको भनाई थियो । साथै गाउँपालिकाले कृषि र पशुपालनलाई आधुनिकिकरण र ब्यबस्थित बनाउन थालनी गरेको उहाँले बताउनुभयो ।

इन्द्रावती गाउँपालिका वडा नं ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले खानेपानी योजना आज समुदायलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । स्वच्छ खानेपानीको लागि काम गरिरहेको चेतनशिल प्रभाव नेपालको सहयोगमा धारा निर्माण भएको अध्यक्ष तामाङको भनाई छ । टाकुरेमा सञ्चालित योजना प्रभावकारी रहेको उहाँको भनाइ छ ।

वडाको आगामी योजना सुनाउँदै अध्यक्ष तामाङले अम्रिसो खेती प्रवर्द्वन कार्यक्रम यसैबर्ष बाट लागू गर्ने बताउनुभयो । उत्पादित अम्रिसो वडा कार्यालयले लिने उहाँको भनाई छ । सडक किनारलाई हरियाली बनाउने र वातावरण लाई स्वस्थ बनाउने अभियानमा वडा कार्यालय रहेको उहाँको भनाई छ । जिरोकिलो देखि नवलपुर सम्मको सडक पेटीमा विरूवा रोपेर हरियाली बनाउने तामाङले बताउनुभयो ।

संस्थाका इन्जिनियर कृष्ण अधिकारीले योजना सम्पन्न हुनु अघि खानेपानी नहुँदा बिमिरेको अवस्था दयनिय रहेको र दुषित पानी पिएर ज्वरो आउने, पखाला लाग्ने समस्या रहेको बताउनुभयो । अहिले बिमिरेका नागरिकले स्वस्छ खानेपानी पिउन पाएको उहाँले जानकारी दिनुभयो । खानेपानी बाट बाँकी रहेको पानी तरकारी खेतीमा प्रयोग गर्न सके आयआर्जन संग जोडिन सकिने उहाँको भनाई छ ।

घर घरमै खानेपानीको धारा पुगेसंगै स्थानियहरु हर्षित भएका छन । बिमिरेमा खानेपानीको दुख रहेको बताउँदै स्थानिय शिव बहादुर रानाले हाल खानेपानी आएसंग दैनिकिनै फेरिएको बताउनुभयो । पानी नहुँदा खोलामा पानी थाप्न जाने समेत बाध्य भएको उहाँको भनाई छ ।

Leave a Reply