मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम मेलम्चीमा सम्पन्न भएको छ । “दिगो शान्तीको लागी समुन्नत समाज” भन्ने नारा सहित मेलम्ची नगरपालिकाको आयोजना,सामुदायिक मेलमिलाप केन्द्रको समन्वय र प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहजिकरणमा भएको तालिम नेपालको ७५३ स्थानिय तहमध्ये पहिलो मेलम्चीमा भएको मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयो । न्यायीक समितिको संयोजक समेत रहनुभएको प्रधानले अन्य जिल्ला तथा स्थानियतहहरुमा यस्ता तालिम हुने गरेको भएपनि यो लेभलको तालिम दिने भने स्थानिय तहमध्येको मेलम्ची पहिलो स्थानिय तह भएको भताउनुभयो । कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले तालिमा बाट प्राप्त गरेका ज्ञान हरुलाई समुदाय स्तरमा पुगेर प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।
प्रशिक्षार्थी बाट प्रशिक्षक भएकोमा बधाई दिदै नगर प्रमुख तामाङले अन्यत्र गएर समेत प्रशिक्षण दिने गरि योजनाबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । सिकेको कुरा सिकायो भनेमात्र ज्ञान बढ्ने भएकाले घरमा गएर प्रमाणपत्र थन्क्याएर नबस्न समेत उहाँले सुझाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले आगामी दिनमा आवश्यक पर्ने यस्ताखाले तालिमको लागी नगरले बजेट ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कानुन मिचेर कुनैपनि क्रियाकलाप नगर्ने समेत बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले स्थानीय तह मध्ये मेलम्ची नगरपालिका मेलमिलाप प्रशिक्षक प्रशिक्षण तालिम दिनेमा पहिलो स्थानीय तह भएको दावी गर्नुभयो । उहाँले तालिम संचालनको लागी देखापरेका चुनौतीको स्मरण गर्दै देखिएका अफ्ट्यारा परिस्थितिको सामना गरेको बताउनुभयो । उपप्रमुख प्रधानले कम्तीमा ब्याचलर सकिएका मात्र प्रशिक्षक बन्ने कानुन बनेकाले सहभागी छनोट गर्न समस्या भएको प्रधानले सुनाउनुभयो । न्यायीक समिती संयोजक समेत रहनु भएका प्रधानले प्राप्त गरेको प्रमाणपत्रले आगामी दिनमा काम गर्न थप सहज हुने बताउनुभयो ।
कार्यक्रमका प्रशिक्षक दिपक भट्टले यो ज्ञान हासिल गरिसकेपछि समुदाय स्तरमा लागु गर्न आग्रह गर्नुभयो । ज्ञान भनेको जति बाढ्यो त्यति बढ्ने भएकाले तालिमबाट बाट पाएको बिउलाई समुदायमा गएर छर्न आग्रह गर्नुभयो । तालिममा सहभागी प्रतिमा धिताल र कुमार चौलागाईंले तालिम फलदायी भएकोमा खुशी व्यक्त गर्नुभयो । तालिमको चुपबहादुर थापा,दिपक भट्ट,गिता मानन्धर,टिका सुवेदी लगायतले सहजिकरण गर्नुभएको मेलम्ची नगरपालिकाका न्यायीक समिति सहजकर्ता अस्मिता अर्यालले जानकारी दिनुभयो ।





