रेडियो मिसन ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले रेडियोले सबैको रेडियो बन्न सक्ननुपर्ने बताउनुभयो । रेडियो बिशेष गरी गरिबहरुको आवाज बन्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हुनेखानेले टेलिभिजनमै गएर इन्टरभिउ दिइहाल्छ, रेडियोले यहाँका गरिब जनताको आवाजलाई बुलंद गर्नुपर्छ ।” रेडियोले बनाएको कार्ययोजनामा अझै थप गर्नुपर्ने देखियो यसको लागी बसेर सल्लहा गरौला,” उहाँले भन्नुभयो ।
रेडियो मिसन १०५.३ मेगाहर्जको चौथो वार्षिकोत्सवको अवसमा शुभकामना मन्तब्य राख्दै अध्यक्ष नेपालले रेडियोको दिगो र स्थायित्वका लागी पालिका सँग मात्रै नभई पालिकामा रहेका बिद्यालय, सहकारी लगायत बिभिन्न संघ संस्था र वडाहरुसँग सहकार्य गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथी समेत रहनुभएका नेपालले लोकतन्त्र बलियो बनाउन आम सञ्चार क्षेत्र बलियो हुन जरुरी रहेको बताउनुभयो । साथै पालिका रेडियो कर्मीको हो र रेडियो इन्द्रावती गाउँपालिकाको हो भन्ने भावना राखेर सहकार्य गर्दै अधि बढ्न पर्ने बताउनुभयो । त्यस्तै रेडियो परनिर्भर नभई आत्मनिर्भर हुन सक्नुपर्ने उहाँको धारणा थियो ।
संधियता पछीको पहीलो सामुदायिक रेडियो, रेडियो मिसन १०५ थोप्लो ३ मेगाहर्जले नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमका विच चौथो बार्षिकोत्सव मनाएको हो ।